Subscribe Us

नेपाल नेशनल अस्पतालद्दारा स्कीन तथा लेजर सेन्टरको स्थापना


काठमाडौँ, ६ पुस । नेपाल नेशनल अस्पताल कलङ्कीले छाला, नङ तथा कपालको जाँच समेत सुरु गरेको छ ।

अस्पतालले स्कीन तथा लेजर सेन्टरको स्थापना गरी यहि पुस ३ गतेदेखि वरिष्ठ छालारोग विशेषज्ञ डक्टरद्दारा छाला, नङ तथा कपालको जाँच सुरु गरेको हो ।

अस्पतालले छालाको बहिरंग सेवामात्र नभई आकस्मिक रोगहरुको समेत उपचार सुरु गरेको अस्पतालका निर्देशक डा प्रकाश पौडेलले जानकारी दिनुभयो । “विरामीहरुको आवश्यकतालाई हेरेर सेवा विस्तार गरेका हौँ,”–उहाँले भन्नुभयो । अस्पतालले कस्मेटिक सर्जरी, डर्मेटो सर्जरी, प्रो थेरापी, केमिकल पिलिङ, लेजर थेरापी, फोटो थेरापी तथा अन्य सेवाहरु समेत सुरु गरेको छ ।

नयाँ सेवा उद्घाटनको अवसरमा अस्पतालले पुस ३ देखि माघ ३ गतेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ भने शिविरमा आउने विरामीलाई बहिरंग सेवाको साथसाथै अन्य सेवामा ५० प्रतिशत छुट दिएको छ ।

Post a Comment

0 Comments