Subscribe Us

वर्तमान नेविसंघ नेतृत्व निर्वाचन नगर्ने खेलमा लागेको छ : उपाध्यक्ष अधिकारी


काठमाडौँ, १९ मंसीर । नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीले वर्तमान नेविसंघको नेतृत्व निर्वाचन नगराउने खेलमा लागेको बताउनुभएको छ ।

उपाध्यक्ष अधिकारीले नेतृत्वले पुस २८ देखि ३० गतेसम्म १२ औँ महाधिवेशनको मिति तोकेपनि निर्वाचनका लागि गर्नुपर्ने आवश्यक गृहकार्यका लागि आलटाल गरिरहेको बताउनुभएको हो । “वर्तमान नेतृत्वले निर्वाचन गराउँछु भनेकाले हामीले सहयोग गरेका हौँ, तर उहाँ निर्वाचन गराउन सक्रियताका साथ लाग्नुभएको छैन,”–उहाँले भन्नुभयो ।

नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि पठाइएको प्रतिनिधी पनि अध्यक्षले केन्द्रीय समितिमा छलफल नगरी एकलौटी ढङ्गले खटाएको उहाँले आरोप लगाउनुभयो । उपाध्यक्ष अधिकारीले आफु महाधिवेशनको पक्षमा रहेपनि विभिन्न वहाना बनाएर निर्वाचन नगर्ने खेल भइरहेको उल्लेख गर्नुभयो ।

नेविसङ्घले मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक तथा उच्चमाध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

Post a Comment

0 Comments