Subscribe Us

मनाङको लगातार सातौँ जीत


काठमाडौँ, २५ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङले ८४औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कायम ग¥यो । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ६१आँै मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेको शीर्ष स्थानमा यथावत छ । मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।

यसैबीच आजको खेलसँगै सातौँ चरणका खेलहरु सकिएका छन् । आठौँ चरणका खेलहरु यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । 

Post a Comment

0 Comments