बनेपा, ३ पुस । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल हुनुभएको छ ।

विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उहाँले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग सञ्चालन गरिरहनुभएको छ । “म किसाने मान्छे, कुनै जागिर होइन, आफ्नै व्यवसाय सञ्चालन गरिरहेको छु”, उहाँले भन्नुभयो, “त्यो बेला पढिन, ल्याप्चे भएँ, तर पनि केही छैन अहिले सिक्दासिक्दै आफ्नो व्यवसायको सबै हरहिसाब आफैँले गर्नसक्छु ।” कुनै पनि पेशामा निरन्तरता दिएपछि केही न केही उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

उहाँको उद्योगमा एक दिन बिराएर ७० देखि ७५ धार्नीसम्म खुवा उत्पादन हुन्छ । उद्योगमा दैनिक दूध मात्रै चार सय लिटर सङ्लकन हुन्छ । एक धार्नी खुवाको दुई हजारदेखि दुई हजार दुई सयसम्म बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको खुवा आफ्नो उत्पादन केन्द्रसम्म नै ठेकेदारले लिन आउने गरेको उहाँको भनाइ छ । रु बाह्र लाख लगानी गरेर गाउँमा स्थापना गरेको डेरीबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उहाँको भनाइ छ ।

खुवा आगोले तताएर घोटेर तयार गरिन्छ । त्यसको लागि दिनको पाँच सय किलो दाउरा लाग्छ । प्रतिकिलो दाउराको मोल रु १५ रहेको छ । उहाँले खुवा घोट्ने मेसिन साढे दुई लाख तिरेर खरीद गरेको बताउनुभयो । केही समयअघि नेपाल सरकारको तर्फबाट आधुनिक चुलो बनाउने व्यवस्था गरेपछि दश मुखे चुलो बनाएर त्यसमा दश वटा कराइ राखेर दूध घोट्ने गरेको तिमल्सिनाले बताउनुभयो ।

उहाँले शुरुमा गाउँमा नै अर्कैले खोलेको दूध डेरीमा क्यान बोकेर काम थालनी गरेको विगत सुनाउनुभयो । तिमल्सिनाले २०३४ सालमा गाउँमा डेरी स्थापना भएपछि २०३५ सालबाट एक वर्षसम्म गाउँमा नै खुलेको दूध डेरीमा दूधको क्यान बोक्ने काम गर्नुभयो र २०३६ साल मङ्सिरबाट आफंैले डेरी शुरु गर्नुभयो ।

“गाउँमा केही काम पाउने थिएन, कि अर्काको ज्याला गर्नु पथ्र्यो कि खेती किसान नै । अरुको डेरीमा गरेको काम छोडेर आफैँले व्यवसाय थालनी गरेपछि त्यसैलाई निरन्तरता दिँदै आएँ, अहिले यतिसम्मको व्यवसाय गर्न सफल भएको छु”, उहाँले भन्नुभयो, “मैले नपढेकाले छोरालाई पनि पढाउन सकिएन, उनलाई पनि यही पेशामा लगाएर आम्दानीको स्रोत बढाउँदै ल्याएँ र अहिले अर्को पनि व्यवसाय शुरु गरेको छु ।”

त्यही व्यवसाय गरेर अहिले नातिलाई स्नातक र दुई नातिनीलाई कक्षा ११ र १२ मा पढाइरहेको उहाँले बताउनुभयो । गाउँमा उहाँलाई श्रीमती रूपामाई तिमल्सिनाले सघाइरहनु भएको छ । अरु कमाइ गरी खाने पेशा नभएका कारण गाह्रो भए पनि यही पेशालाई अलाग्नु परेको उहाँको भनाइ छ । “अरु पेशा छैन, जति धुवाँमा बस्नुपरे पनि यही काम हो, त्यसैले यसैमा सन्तुष्ट छु” कृष्णप्रसादका श्रीमती रूपामाईले भन्नुभयो ।

ढुवानी समस्या हुँदा दूध घोटेर खुवा बनाउने बाध्यता भएको बेलामा स्थापना गरेको खुवा उत्पादन केन्द्र अहिले गाउँमा नै गाडी पुगेपनि खुवा उत्पादनको लागि दूध सङ्कलन हुने काम घटेको छैन । उहाँ भन्नुहुन्छ “बजार आफ्नो पक्षमा पार्न सक्नुप¥यो, अध्ययन गर्नुप¥यो, प्रयास गर्नुप¥यो अर्कोलाई आफ्नो बनाउनुप¥यो ।” जुनसुकै कुरामा सम्पर्क नबढाइ कुनैपनि काम आफ्नो बनाउन नसकिने उहाँको अनुभव छ ।

उहाँले आफूले उत्पादन गरेको खुवा शुद्ध र कुनै मिसावट नभएकोले बजारमा बिकेन भनेर फिर्ता आउने अवस्था नआएको बताउनुभयो । त्यससँगै उहाँले अहिले पनिर पनि बनाउन थाल्नुभएको छ । खुवा र पनिर बनाउन उहाँले किसानबाट लिटरको एक सय देखि एक सय बीस रुपौयाँसम्म दूधको फ्याट हेरेर खरीद गर्नुहुन्छ ।

खुवा केन्द्रमा दूध ल्याउन नसकेका टाढाटाढा गाउँका किसानले आफैँले खुवा बनाएर पु¥याउन आउने गरेका छन् । बेथानचोक गाउँपालिका–२ का राजन ढुङ्गानाले डेरी टाढा भएको र दूध बेच्नलाई धेरै हिँड्नु परेकाले घरमा नै खुवा घोटेर एक दिनको अन्तरमा पु¥याउन आउने गरेको बताउनुभयो ।

“आउन ओह्रालोमा आधा घण्टा पैँतालीस मिनेट लाग्छ, जानलाई उकालो एक घण्टा लाग्छ, त्यसैले घरमा नै घोटेर खुवा बनाएर ल्याउने गरेको हूँ ।’ ढुङ्गानाले भन्नुभयो, “हाम्रो पेशा नै यही हो, त्यसैले आफूलाई कसरी सहज हुन्छ, त्यसरी नै निरन्तरता दिनु परिहाल्यो नि १”

खुवा व्यवसाय गरेर बजारमा घर

व्यवसाय गरेर नै उहाँले गाउँपालिका नजिकै ढुङ्खर्क चारदोबाटो बजारमा घर किनिसक्नुभएको छ । ‘२०७२ सालमा १७ लाखमा घर किनेको हुँ ।’ उहाँले भन्नुभयो, “पहिलाको घर साविक ढुङ्खर्क गाविस–६ सोरन्ने भन्ने ठाउँमा हो, भूकम्प गएपछि तल बजारमा सरेको हूँ ।”

उहाँको खुवा उत्पादन केन्द्रमा मासिक पाँचदेखि ६ लाखसम्मको कारोवार हुने गरेको छ । उमेरले ७० वर्ष भए पनि खुवा उत्पादन बाहेक उहाँले खेती किसानी पनि गर्नुहुन्छ । “मकै छर्ने, गहुँ खेती गर्ने, भैँसी पालेर खेती किसानको काम सबै गर्छु ।” 

Post a Comment

 
Top