Subscribe Us

करणी मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

दमौली करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । भानु नगरपालिका११ रुपाकोटका बमबहादुर भुजेललाई सोमबार रुपाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
भुजेल विसं २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई करणी गरेको आरोपमा फरार रहेका थिए । अदालतले भुजेललाई दोषी ठहर गरी एक वर्ष चार महिना २९ दिन कैद सजायको फैसला गरेको थियो । भुजेललाई फैसला कार्यान्वयनका लागि सोमबार नै कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी नकबजनी, चोरी र लागुऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकबजनी र चोरी मुद्दाका व्यास नगरपालिका२ का बबिन शाक्य र लागुऔषध मुद्दाका सोही ठाउँका प्रदीप गोदार रहेका प्रहरीले जनाएको छ । अदालतले शाक्यलाई १३ दिन कैद तथा रु एक लाख ४३ हजार २७२ जरिवाना र गोदारलाई ६ महिना १६ दिन कैद तथा रु एक लाख जरिवानाको फैसला सुनाएको छ । 


Post a Comment

0 Comments