Subscribe Us

दुई किलो सुन सहित निमा पक्राउ

काठमाडौं, मंसिर २४ । रसुवा प्रहरीले धुन्चेबाट २ किलो अबैध सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

रसुवाको स्याफ्रुबाट काठमाडौंतर्फ यात्रुको बहानामा सुन तस्करी गर्ने निमा दोर्जे तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

बिषेश सुचनाको आधारमा प्रहरीले तमाङलाई पक्राउ गरी चोकचाँच गर्दा तमाङको साथबाट दुई किलो सुन बरामत भएको हो । ना १ ज ६१७६ को टाटा सुमोबाट उनले सुन तस्करीको प्रयास गरेक थिए ।

पछिल्लो समय सुन तस्करी रोक्न प्रहरी सक्रिय भएपछि तस्करहरुले यात्रुलाई भरिया बनाएर सानो परिमाण तर धेरै पटक सुन तस्करी गर्न थालेको स्रोत बताउँछ ।  

Post a Comment

0 Comments