Subscribe Us

मनाङको लगातार पाँचौ जित


काठमाडौँ, १६ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे ।

खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए ।

खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ पाँच खेलबाट १५ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । मनाङसँग पराजित सरस्वती भने छ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । 

Post a Comment

0 Comments