Subscribe Us

दुई करोडको गाडी मैले घर लान्न, १६ करोडको भबन नबन्दै मेरो अबकाश हुन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको केही कमजोरी भएको स्वूकार्य गरेका छन् । 
प्रहरीका केही अधिकृतले काम देखाउने बहानामा हतारमा नतिजा खोज्दा अनुसन्धानमा त्रुटी भएको उल्लेख गरेका छन् । 

तर, प्रहरीको आवश्यक स्रोत परिचालन गरी अनुसन्धान भइरहेको भन्दै उनले गल्ती गर्ने जो कोहीलाई पनी उक्कन नदिने दृढता व्यक्त गरेका छन् । 

सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलन बोल्दै आईजीपी खनालले भने–‘अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुन अन्तर्गतसम्म कारवाही गरिन्छ ।’

उनले प्रशासनिक कारवाही गर्न सिफारिस भएकाहरुलाई त्यहि अनुसार कारबाही र आवश्यक भए फौजदारी संहिता अनुसार पनि जाने उल्लेख गरे । यद्यपी आफूहरुले अधिकतम स्रोत साधन परिचालन गरेर अनुसन्धान गरिरहेपनि परिणाम भने आउन बाँकी रहेको बताए । 

आईजीपी खनालले १६ वटा गाडी प्रयोग गरिरहेको प्रश्नको जवाफ दिंदै भने–‘मैले त्यसरी कुनै पनि गाडी दुरुपयोग गरेर चढेको छैन । संगठन निर्माण र बृत्ति विकासका लागि गाडी खरिद गरिएको हो । पुराना गाडीलाई मर्मत गरिएको छ । प्रदेशदेखि लिएर सबै युनिटमा पनि गाडीको व्यवस्था गरिएको छ ।’

आईजीपी खनालले आफूले कुनै पनि प्राइभेट नम्बर राखेर गाडी दुरुपयोग नगरेको समेत प्रष्ट पारे । भइरहेका गाडीहरुको उच्चतम सदुपयोग भइरहेको बताउँदै उनले अपराधी पक्राउ गर्नका लागि तथा प्रहरी–नागरिक साझेदारी कार्यक्रममा लागि पनि ति गाडीहरु प्रयोग भइरहेको उल्लेख गरे ।

सरकारले दिएको बजेट अनुसार नै प्रहरीले आवश्यक सामानहरु खरिद गर्नेदेखि भवन निर्माणतर्फ लागिएको उनको भनाई थियो । आफू प्रहरीको चेन अफ कमाण्डप्रति द्दृढ रहेको आईजीपी खनालले बताए । आफू आएपछि प्रहरीको सरुवा र बढुवालाई पारदर्शी ढंगले सम्पन्न गरी बृत्ति विकासमा उल्लेख्यनिय काम गरेको उनको दावी थियो । 

२०१२ सालमा बनेको भबनमा प्रहरीको बिभिन्न कार्यक्रम हुदै आएको छ । जाँहा पाँच सय पनि अट्दैनन् । १६ करोडको भवन र दुई करोडको गाडी मैले घर लैजाने हो र भन्दै आईजी खनाल पत्रकार सँग आक्रोशित बनेका थिए । उक्त भबन त बन्दा बन्दै मेरो अबकाश हुन्छ मैले देख्न पनि पाउदिन्न । 

Post a Comment

0 Comments