Subscribe Us

सँधैका नम्बर ‘वान’
डीएसपी गौतम केसी

प्रहरीमा शैक्षिक योग्यता, धैर्यता र शारिरीक क्षमता हुनुपर्छ 

संगठनको शाख गिराउने र बर्दीमा दाग लाग्ने काम गरेको छैन । 

२० वृत्त मध्ये गौतमको कमाण्ड उदाहरणका रूपमा आइजी खनालले पनि ब्रिफिङ गर्छन्

काठमाडौं । नामले होइन, कामले नम्बर ‘वान’ बन्नेहरू नेपाल प्रहरीमा सायदै कम छन् । तर ‘सत्य सेवा सुरक्षणम्’ भन्दै प्रहरी सेवामा अनवरत काम गरेका केही अधिकारीले भने आलोचनाभित्र पनि उत्कृष्टताको नमूना पेस गरिरहेका छन्, कामले ।  

निर्मला हत्याकाण्डपछि त नेपाल प्रहरीप्रति सर्वसाधारणको विश्वासको आधार नै गिरेजस्तो भएको छ । राजनीतिक दाउपेज र प्रहरीमा भएको गुट उपगुटले प्रहरीमा एउटा आरोप लाग्ने गरेको छ– बद्नामीको बर्दी ! तर केहीले मात्र जोगाएका छन्, साख । अनि, बर्दीको नाम पनि । 

उपत्यकाको महानगरीय अपराध अनुसन्धान महाशाखा र लैनचौर वृत्तका कारण प्रहरीले शिर झुकाउन परेको छैन । गुट उपगुटका कारण प्रहरी महानिरिक्षक (आईजी) सवेन्द्र खनाललाई असफल बनाउन गिरोह नै सक्रिय भएका बेलामा यी दुई युनिट चलायमान छन् । जसले प्रहरी काम गर्न सक्षम छ भन्ने मानक पनि स्थापित गरेको छ । 

उपत्यकाको अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखाले पछिल्लो समय उचाई बढाएको छ । ३३ किलो सुन तस्करी प्रकरणले महाशाखाका प्रहरीको बदनाम भएको थियो । 

एसएसपी धीरजप्रताप सिंह र उनको टिमले महाशाखालाई उठाएको छ । दर्जन घटनाको तत्काल अनुसन्धान र हाईप्रोफाईल हत्याको योजना रोक्न सफल एसएसपी सिंह र उनको टिम बधाईका पात्र मात्र होईन गृहमन्त्रीको कुर्सी जोगाउँदै सरकारलाई सफल बनाउने बहादुर टोली पनि हो । हाईप्रोफाईल हत्या सफल भएको भए सरकारको ठूलै आलोचना सहित गृहमन्त्रीको कुर्सी धरापमा पर्ने थियो । भविष्यका आईजीका प्रमुख दाबेदारका रुपमा रहेका एसएसपी सिंहले अहिले अपराध महाशाखा सक्रिय बनाएका छन् । 

उता उपत्यकाको २० वटा वृत्त काठमाडौं परिसर अन्र्तगत १४ बवत्तलाई माथ गर्ने गरी डिएसपी गौतम केसीले काम गर्दै आएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख केसीले आधुनिक शैलीमा काम गरेका छन् । सर्वसाधारणलाई यूरोपियन ढाँचाको छिटो सेवा दिन थालेका छन् । 
महानगरीय प्रहरीको ब्रिफिङमा समेत आईजी खनालले उनै डिएसपी कसीको उदाहरण दिँदै सोही तरीकाले काम गर्न सुझाएका छन् । डिएसपी केसी नामले मात्र हैन उनले गरेको कामकै कारण चर्चित बनेका हुन् । लैनचौर वृत्तमा मात्र होईन जागिरे १५ बर्षको दौरानमा जाँहा जाँहा खटिए उदाहरणीय काम गररे निस्के । 
२०६१ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सेवामा प्रवेश गरेका केसी ६ महिनादेखि महानगरीय प्रहरी वृत्त लैनचौरमा प्रमुखका रुपमा कार्यरत छन् । 

प्युठानको मरनठानामा जन्मिएका उनी प्रहरीको तालिम केन्द्र महाराजगञ्जबाट प्रहरी निरक्षकको तालिम सकेपछि महानगरीय प्रहरी अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी महानिरीक्षकको सचिवालय, जिल्ला प्रहरी कार्यालय संखुवासभा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा ठाँउमा बसेर कुशलताका साथ कार्यसम्पादन गरिसकेका अधिकृत हुन् ।

जागिरको शिलशिलामा एकपटक युनएन मिसन गएका उनले ९ महिना चीनमा तालिम गर्नुका साथै कमाण्डो कोर्ष समेत पुरा गरेका छन् । प्रहरी महानिरीक्षकको सचिवालयमा बस्दाबस्दै २०७१ मा प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा एक नम्बरमा बढुवा भएका अधिकृत हुन् । 

केसी प्रहरी निरीक्षकमा पनि एक नम्बर कै हुन् । प्रहरी नायव उपरीक्षक भएपछि पहिलोपटक जिल्लाको कमाण्ड समाल्न संखुवासभा पुगेका उनले १५ महिनामा पूर्व क्षेत्रको एकनम्बर जिल्ला संखुवासभालाई बनाएका थिए । ‘उत्कृष्ट व्यवस्थापन गरेको कारण संखुवासभा पूर्वको एकनम्बर जिल्ला बनेको थियो’ संखुवासभाबाट राजधानी फर्केपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा काम गरेका उनले स्टीङ अप्रेसन कमाण्ड गर्दै ६४ वटा अप्रेसन चलाएका थिए । सोहीबखत १२० जना पक्राउ समेत परे । युएनको प्राजेक्टमा काम गर्दागर्दै उनलाई सुरक्षा क्षेत्रमा लाग्ने रहर र सोचले प्रहरी सेवामा तानेको थियो । 

जोग्राफी र अग्रेंजीमा स्नाकोत्तर तथा कानुनमा एलएलबीसम्मको अध्ययन गरेका उनले जहाँ गयो त्यहाँ नेपाल प्रहरीको छविलाई उच्च राख्ने काम गरे । जागिरका दौरानमा संगठनमा आँच आउने र आफ्नो छवि गिर्ने काम अहिलेसम्म नगरेको उनको दाबी जस्तै रेकर्डहरू पनि छन् । 

उनले हालसम्म जनसेवा श्री चतुर्थ पदक, युएन मेडल, प्रदेश सेवा पदकलगायतका पदक समेत पाएका छन् । काम र तालिममा सँधै पहिलो हुने उनी प्रहरीमा शैक्षिक योग्यता, धैर्यता र शारिरीक क्षमता हुनुपर्ने बताउँछन् । 

काठमाडौँको ठमेल सुरक्षा दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ । उनले गत असारदेखि ठमेल क्षेत्रको सुरक्षाको नेतृत्व गरिरहेका छन् । उनले लैनचौर वृत्तको कमाण्ड सम्हालेदेखि केही उल्लेखनिय काम गरेका छन् । जुन कामले प्रहरी अधिकृतको छाती चौडा हुदै संगठनको इज्जत धान्छ । 

वृत्तले सात महिनाको अवधिमा अवैध लागूऔषध ओसारपसार गर्ने १५ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । वृत्तले विभिन्न समयमा अवैध रुपमा लागूऔषध ओसारपसार तथा बेचविखन गर्नेलाई पक्राउ गरेर मुद्दा चलाएको हो । 

तेस्तै दुर्लभ वन्यजन्तुका विभिन्न अंग ओसारपसार गर्ने ११ जनालाई पक्राउ गरेको छ । वृत्तले अवैध रुपमा साइटीस सूचीमा रहेका दुर्लभ वन्यजन्तुको विभिन्न भाग बेचविखन गर्नेविरुद्ध मुद्दा समेत चलाएको हो । 

वृत्तले विभिन्न समयमा चोरीका मोटरसाइकलसहित पाँचजनालाई पक्राउ गरेको छ । यस्तै ज्यान मार्ने उद्योगमा फरार रहेका एकजनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । विभिन्न समयमा आम्दानीको स्रोत नखुलेको हुण्डीको रकमसहित तीनजनालाई पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ गरेको व्यक्तिसँगै झण्डै ३५ लाख नेपाली मूल्यबराबरको नेपाली तथा विदेशी रकम बरामद गरेको छ । 

यस्तै वृत्तले सात महिनाकै अवधिमा नगद १५ लाख लुटिएको भनी झुटो प्रचार गर्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ । यसैगरी पिकअप भ्यानमा १७० मरेका कुखुरा विक्रिवितरण गर्न लैजाँदै गर्दा तीनजनालाई पक्राउ गरेको थियो । १४ लाख मूल्य बराबरको सामान राजश्व छलि गर्ने तीन व्यक्तिलाई पक्राउ, अपहरीत व्यक्तिको सकुशल उद्दार, अवैध अमेरिकन डलरसहित पक्राउ, जनचेतनामुलक कार्यक्रम सञ्चालन, इनारमा खसेका तीन व्यक्तिको उद्दारलगायत थुप्रै काम वृत्तले सात महिनाको अवधिमा गरेको छ । यी सबैको नेतृत्व जस गौतमको कमाण्डलाई नै जान्छ । 

Post a Comment

0 Comments