Subscribe Us

दुई प्रहरीचौकी भवन उद्घाटन


मेलम्ची, २४ मङ्सिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत अस्थायी प्रहरी पोस्ट बाहुनेपाटी र भीमटारको आइतबार भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले गर्नुभएको थियो । 


उद्घाटन गर्दै उहाँले सुविधा सम्पन्न भवन बनिसकेपछि सेवा पनि उन्नत दिनुपर्ने र सधैभरि जनताको काममा बफादार हुनुपर्ने बताउनुभयो । 


उहाँले प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने भन्दै सम्पूर्ण नागरिकलाई अपराध न्यूनीकरण गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । सिन्धुपाल्चोक जिल्लामा १६ वटा भवन निर्माणाधीन रहेकामा चार वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments