Subscribe Us

प्राज्ञ परिषद् सदस्यमा प्राडा ठाकुर


काठमाडौँ, ३ पुस । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा प्राडा उषा ठाकुर नियुक्त हुनुभएको छ । 

हिन्दी साहित्यमा विशेष दख्खल राख्ने प्राडा ठाकुर यसअघि पनि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य भइसक्नुभएको थियो । ठाकुरले सोमबार दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो । उहाँलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्र अधिकारीले शपथग्रहण गराउनुभयो । 

विस २०७१ भदौ २० देखि २०७५ भदौ १९ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य एवं साहित्य अनुवाद विभागमा रहेर झण्डै चार दर्जन पुस्तकको अनुवाद गर्ने नेतृत्व प्रदान गरिसक्नुभएकी उहाँलाई पुन ः प्राज्ञ परिषद् सदस्यमा नियुक्ति गरिएको हो । उहाँलाई सोमबारै नियुक्ती गरेर शपथग्रहण गराइएको हो । 

को हुन् प्राडा ठाकुर ? 

पटना विश्व विद्यालय भारतबाट सन् १९७९ मा विद्यावारिधी गर्नुभएकी प्राडा उषा ठाकुरको जन्म सन् १९५१ जुन ६ मा भारतको पटनामा भएको हो । उहाँ भारतमा जन्मेर पनि नेपालीसँग बिहे गरेर नेपाली भाषा र साहित्यको क्षेत्रको संरक्षण र सबद्र्धनमा लाग्दै आउनुभएको छ । उहाँले बीए अनर्स हिन्दी साहित्यमा सन् १९७२ र पटना विश्व विद्यालयबाट हिन्दी साहित्यमा सन् १९७५ मा एमए गर्नुभएको छ । 

उहाँ विस २०७१ भदौ २० देखि २०७५ भदौ १९ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य एवं साहित्य अनुवाद विभागमा रहेर काम गरिसक्नुभएको छ । विस २०३६ देखि २०७१ सम्म त्रिभुवन विश्व विद्यालयको हिन्दी विभागमा रहेर प्राध्यापन गर्नुभएको छ । 

प्राडा डाकुरले सन् १९८९ देखि १९९२ सम्म फ्रान्सको पेरिसमा रहेको डौफिन युनिभर्सिटीमा एमए तहमा अध्यापन समेत गराउनुभएको थियो । विस २०७० देखि ०७१ सम्म त्रिविविको हिन्दी विभागको प्रमुखको समेत जिम्मेवारी बहन गरिसक्नुभएकी उहाँले विस २०५४ देखि ०५७ सम्म हिमालिनी साहित्यिक पत्रिका त्रैमासिकको प्रमुख सम्पादकको रुपमा काम गरिसक्नुभएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागको पत्रिका रुपान्तरणको सम्पादन गर्नुभएकी उहाँले त्रिवि हिन्दी विभागबाट प्रकाशित साहित्यलोकको समेत सम्पादन गर्नुभएको छ । 

अध्ययन र शोधकार्यको शिलशिलामा भारत, चीन, फ्रान्स, बंगलादेश, इजिप्टलगायतका देशको भ्रमण गर्नुभएकी उहाँले विस २०३८ सालमा महेन्द्र विद्याभुषण प्रथम, विस २०४५ मा रत्नश्री स्वर्णपदक, विस २०५८ मा वीरेन्द्र ऐश्वर्य पदक, विस २०६२ सालमा नरदेवी सम्मान प्राप्त गरीसक्नुभएको छ । यस्तै सन् २००८ को डिसेम्बरमा सातौँ अन्तर्राष्ट्रिय हिन्दी उत्सवको अवसरमा अक्षरम भई दिल्लीद्धारा अक्षरम हिन्दी साहित्य शिक्षण सम्मान प्राडा ठाकुरलाई प्रदान गरेको छ ।

Post a Comment

0 Comments