Subscribe Us

सुधार गृहबाट २१ व्यक्तिको उद्दार, सञ्चालक पक्राउ


काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्दार गरेको छ ।

परिसरको टोलीले काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालले सुधार गृहमा रहेका व्यक्तिलाई चरम यातना दिने गृहका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पक्राउ गरी २१ व्यक्तिको उद्दार गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी सुधार गृहमा अमानवीय व्यवहार तथा यातना दिई परिवारलाई समेत भेटघाट गर्न नदिने गृहका सञ्चालकलाई  पक्राउ गरी २१ जनाको उद्दार गरेको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख बसन्त लामाले मदिरा र लागूऔषध दुुव्यर्सनमा फँसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी गृहमा राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिनुुभयो ।

“गृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफुुले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारबाही र सुुधार गृहमा रहेकालाई उद्दार गरी पाउँ भन्ने  निवेदनका आधारमा बाँकी २१ जनालाई बिहिबार उद्दार गरेका हौँ,”–उहाँले भन्नुभयो । उद्दार गरेका सबैलाई परिवारको जिम्मा समेत लगाईसकिएको परिसरले जनाएको छ ।

परिसर प्रमुुख लामाले प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानमा खुलेको बताउनुुभयो । “अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो,”–उहाँले भन्नुुभयो ।

पाँच वर्ष पहिलादेखि कपनमा सञ्चालमा रहेको उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालमा रहेको थियो । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।

Post a Comment

0 Comments