Subscribe Us

बिगबासको सर्वाधिक हेरिनुपर्ने खेलाडीमा नेपालका सन्दीप

अष्ट्रेलिया । नेपाली स्टार खेलाडी सन्दीप लामिछानेलाई अष्ट्रेलियामा जारी बिग बास लिगका खेलमा बलरतर्फ प्लेयर टु वाच खेलाडीको रुपमा हेर्न थालिएको छ । ३ खेल खेलेर ७ विकेट हात पारेका सन्दीप जारी लिगमा हालसम्म सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले आफ्नो पहिलो खेलमा २ विकेट, दोस्रो खेलमा ३ विकेट र तेस्रो खेलमा २ विकेट हात पारेका छन् । 

सन्दीप बिग बास लिगमा मेलबर्न स्टार्सको तर्फबाट ग्लेन म्याक्सवेलको कप्तानीमा बिग बास खेलीरहेका छन् । हालसम्म ३ खेल खेलेका सन्दीपले आफ्नो  टिमका लागि उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलबर्न स्टार्सले १ मा जित र २ मा हार ब्यहोरेको छ । सन्दीप आफूले खेलेका तिनै खेलमा विपक्षी टिमका कप्तानहरुको विकेट लिन सफल भएका छन् ।


सन्दीपको टिम मेलबर्न स्टार्स नयाँ वर्ष एवं जनवरी १ का दिन एरोन फिन्चको कप्तानीमा रहेको मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने तालिका रहेको छ । 

Post a Comment

0 Comments