Subscribe Us

इन्जिनीयरलाई जिताउन काँग्रेसका युवा नेता लागे


काठमाडौँ, २५ मंसीर । नेपाल इन्जिनियर्स एशोसियशनको ३२ औँ केन्द्रीय कार्यकारिणी समितिममा लोकतन्त्रवादी इन्जिनीयरहरुको जित आवश्यक रहेको बताएका छन् ।

युवा परिचालन समितिले सोमबार साँझ आयोजना गरेको वृहद लोकतान्त्रिक युवा  इन्जिनीयर भेलामा काँग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारले इन्जिनीयरलाई आफ्नो पक्षमा ल्याउन झुटको खेती गरिरहेको बताउनुभयो ।

नेता थापाले पछिल्लो समय बुद्धिजीवीहरुलाई सरकारले खेदेको भन्दै लोकतन्त्रवादी इन्जिनीयरलाई निर्वाचन जिताएर सरकारलाई चुनौती दिन युवा इन्जिनीयरलाई आग्रह गर्नुभयो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई एकताको सुत्रमा बाँध्न पनि इन्जिनीयरहरु एकजुट हुनुपर्ने बताउनुभयो । इन्जिनीयरको जीत नै काँग्रेसको जित भएको भन्दै प्रधान समूहलाई जिताउन सबै इन्जिनीयरलाई आग्रह गर्नुभयो ।

काँग्रेस नेता प्रदीप पौडेलले इन्जिनीयरको जित नै लोकतन्त्रवादीहरुको जित भएको बताउनुभयो । “हरेक क्षेत्रमा काँग्रेसको गिरेको शाखलाई जोगाउन पनि लोकतन्त्रवादी इन्जिनीयरलाई जिताउन जरुरी छ,”–उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्व सांसद एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्ण, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, महासचिव भूपेन्द्रजंग शाही, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कँडेललगायत प्रधान समूहलाई विजय गरेमात्र नेपालमा इन्जिनीयरको महत्व हुने बताउनुभयो ।

विस २०३५ सालदेखि निरन्तर नेपालको इन्जिनीयरीङ क्षेत्रमा लाग्नुभएका हिरेन्द्रमान प्रधानको नेतृत्वमा केन्द्र र सातवटा प्रदेशमा १३० लोकतन्त्रवादी इन्जिनीयर प्रतिस्पर्धामा हुनुहुन्छ ।

कार्यक्रममा इन्जिनीयर एशोसियशनका अध्यक्ष हरेराम श्रेष्ठ, पूर्व अध्यक्ष धुब्र थापा, सरोज देवकोटालगायतले विजयीको शुभकामना दिनुभएको थियो ।

Post a Comment

0 Comments