Subscribe Us

बिश्वशान्तीको लागी पशुपतीमा जापनीज गुरुले गरे होम

काठमाडौं । धर्मका नाममा राजनीति गर्दै आएका गिरोह र दलालहरुलाई जापनीज गुरु मन्जु सत्यले राम्रो पाठ सिकाउँदै बिश्वशान्तीको लागी पशुपतीनाथमा पुजा गरेका छन् । 

हिन्दूहरुको बाहुल्य रहेको नेपालमा साना–साना बाबु नानीहरुलाई समेत बाइबल बोकाएर धर्म परिवर्त गर्न प्रेरित गर्ने तत्वहरुलाई जापनीज गुरु मन्जु सत्यले बिश्वको सबै धर्म एउटै भएको उपदेश दिएका छन् ।

एक आइएनजिओद्धारा आयोजित कार्यक्रममा सरकार नै क्रिश्चियन धर्मको प्रचार प्रसारमा अग्रसर भईरहेको अबस्थामा जापनीज गुरुले बिश्वमा मान्दै आएको सर्बै धर्म नेपाल र भारतबाटै सुरु भएको जिकिर गरेका छन् । बिगत १५ बर्षदेखी नेपाल र भारत लगाएत बिभिन्न देशमा सोही देशको धर्म अनुसार बिश्वशान्तीको लागी पुजा गर्दै आएको गुरु मन्जु सत्यले बताए । 

जापनमा पहिला अरु नै धर्म मान्थे तर अहिले नेपालको बौद्ध धर्मको कारण सोही धर्म मान्दै आएको उनले बताए । सबै धर्मको उत्पत्ती भनेको हिन्दु धर्मबाटै भएको उनले जिकिर गरे । जापनीज धर्म गुरु मन्जु सत्यले भने नेपाल आई सबै धर्म एकै हुन्, धर्मको नाममा विवाद नगरौं भन्ने सन्देश दिइरहेका छन् ।
(हेर्नुहाेस भिडीयाे)
https://www.youtube.com/watch?v=nhQHwDI4Ajc&fbclid=IwAR2LmaHVQUNwpdC4VFUZh9q31UZTwIT9D4sJhg0RWVPkk3Hs5RRjNH19bhg

जापनीज गुरु मञ्जु सत्य हारडा आयतासी नेपाल आएर सबै धर्म एकै हुन् भन्दै प्रचार गरिरहेका छन् । विगत १२ वर्षदेखि उनी नेपाल र भारतका विभिन्न स्थानमा पुगेर सबै धर्म एकै हुन् भन्दै बौद्धिक पूजा अर्चना समेत गर्दै आएका छन् ।

सुख, शान्तिको कामना गर्दै उनले केहि दिन अघि विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रख्यात तथा पवित्र धार्मिक स्थल पशुपतिनाथमा हिन्दू परम्परा अनुसार पूजा अर्चना गरेका थिए । 

पूर्ज अर्जना गरेपछि हामीसँग कुरा गर्दै हिन्दू, बौद्ध, इसाई वा अन्य जुनसुकै धर्म भएपनि सबै धर्म एकै हुन भन्दै उनले जसको राम्रो पक्ष छ त्यसलाई सबैले पालना गर्नुपर्ने बताए । उनले जतिवटा धर्म भित्रिए पनि नेपाल आफ्नै धर्ममा अडिग रहनुपर्ने धारणा राखे ।
(हेर्नुहाेस भिडीयाे)

नेपालमा धेरै नै राम्रा भगवानहरु भएको भन्दै त्यसलाई मास्न र विग्रन दिन नहुने पनि बताए । नेपालमा धर्म परिवर्त गर्ने होडबाजी जस्तै चलेको भन्दै उनले त्यो गलत भएको पनि बताए । उनले जति पनि धर्महरु शुरु भएका छन् ति सबै हिन्दू धर्मबाट नै शुरु भएको विश्वास व्यक्त गरे ।
https://www.youtube.com/watch?v=D_XTyN2wXbI&t=4s

Post a Comment

0 Comments