Subscribe Us

आज आज भन्दै फेरि नाचे भोला


काठमाडौँ, २६ मंसीर । पत्रकारितामा सक्रिय भोला अधिकारी नयाँ म्युजिक भिडियोमा देखिएका छन् । ‘आज आज’ बोलको गीतको भिडियोमा भोलाले कम्मर मर्काएका छन् ।
पुर्वै मोरङको, पिर नगर सानुलगायत गीतमा अभिनय गरेका भोलाको अभिनय रहेको ‘आज आज’ भिडियोमा डिबी श्रेष्ठको शब्द, संगीत र आवाज रहेको छ । यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

भिडियोमा मायालु जोडीको रोमान्सलाई देखाइएको छ । केबी भण्डारीको एरेन्ज र गोविन्द सोनीले मिक्सिङ गरेको यस गीतको भिडियोमा जनकराज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ भने भिडियोमा भोलासँगै मनु थापाले रामोन्स गरेकी छन् । यस भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन् ।

Post a Comment

0 Comments