Subscribe Us

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा ढकालको उम्मेद्वारी, को हुन् ढकाल ?


काठमाडौँ, १२ पुस । सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा लिलाप्रसाद ढकालले उम्मेद्वारी दिनुभएको छ ।

केन्द्रको पुुस १४ गते हुन लागेको १३ औँ वार्षिक साधारण तथा अधिवेशनका लागि लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अध्यक्षमा ढकालले उम्मेद्वारी दिनुभएको हो ।

करिब दुई दशकदेखि नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्नुभएका सफल व्यवसायी ढकाल गोँगबु क्षेत्रमा रहेको विकृति हटाउँदै संस्थालाई विधानसम्मत ढंगले अगाडि बढाउन अध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

अध्यक्षका उम्मेद्वार ढकाल को हुन् ?

दुई दशकदेखि नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गरेर सफल व्यवसायीको रुपमा चिनिनुभएका ढकाल तेह्रथुम निवासी हुनुहुन्छ । सामुदायिक सेवा केन्द्र २०५८ सालमा साधारण सदस्य लिनुभएका उहाँ त्यसपछि निरन्तर गोँगबु क्षेत्रको सामाजिक कार्यमा लाग्दै आउनुभएको छ ।

काठमाडौँ होटल व्यवसायी संघको पूर्व सचिवसमेत भइसक्नुभएका ढकाल  मित्रनगर टोल सुधार समितिको उपाध्यक्ष, होटल व्यवसायी महासंघको सल्लाहकार र लोकतान्त्रिक होटल व्यवसायी संघको केन्द्रीय अध्यक्ष भइसक्नुभएको छ । उहाँले विभिन्न सामाजिक संस्थामा समेत काम गरिसक्नुभएको छ ।

ढकालको समूहबाट प्रथम उपाध्यक्षमा पूर्णनारायण मानन्धर, द्धितीय उपाध्यक्ष सरोव विष्ट, महासचिव ओमकृष्ण विमली, सचिव चन्द्रराज न्यौपाने, कोषाध्यक्ष उत्तम थापा र सहसचिव शान्तादेवी रिजालले उम्मेद्वारी दिनुभएको छ । कूल १७ सदस्यीय कार्यसमितिका लागि पुस १४ गते निर्वाचन हुँदैछ ।

Post a Comment

0 Comments