Subscribe Us

रसुवामा अव रिङरोड, सांसद आचार्यले पुरा गर्दै चुनावको नारा


रसुवा, १३ पुस । रसुवामा रिङरोडको रुपमा सडक विस्तार भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर ३ बृद्धिम र खाम्जीङ जोड्ने कृषि सडक निर्माण पुरा भएपश्चात रिङरोडको रुपमा सडक विस्तार भएको हो ।

पासाङल्हामु राजमार्गको स्याफ्रु रसुवागढी हाईवय सडक संजालसँग लिङलिङ र रोङ्गाजोडिएपछि बृद्धिम हुदै खाम्जीङ जोड्ने सडक रिङ रोडको रुपमा देखिएको हो  । लिङलिङ, बृद्धिम खाम्जीङ र रोङगाको कृषि सडकले निर्माण सम्पन्नता पाएको छ ।

भुकम्पपश्चातलिङलिङ र बृद्धिम तथा रोङगा र खाम्जीङ कृषि सडक निर्माणका लागि स्थानियबासि तथा बिभिन्न संघसस्थाको सहयोगमा रकमजम्मागरि सडक निर्माण गरिएको हो । भने पछिल्लो समय संसद बिकास कोष र गोसाईकुण्ड गाउँपालिकाको करिब १ करोडको लागतमा सडक निर्माण भएको हो ।

लिङलिङदेखि बृद्धिम, खाम्जीङ हुदै रोङगासम्मको करिब १६ किलोमिटर कृषि सडक निर्माण भएको छ ।
कषि सडक निर्माण भई रिङरोडको रुपमाबिस्तार भएसँगै ।तीन सय घरधुरी लाभावितभएका छन् । रिङरोडको रुपमाविकास भएको यो सडक हुदै पर्यटकिय क्षेत्र लाङटाङ जाने सडक समेत बिस्तार भई रहेको गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ ।

जिल्लामा सडकको पहुँचनपुगेका स्थानहरुमा सडक पुर्याउने अभियानअन्तर्गत सांसद मोहन आचार्यले व्यक्तगित लगानीमा इस्काभेटर खरद गरेर दिएका थिए । गोसाईकुण्ड गाउँपालिकाको बृद्धिम देखि खाम्जीङसम्मको कृषि सडक निर्माणका लागि सांसद मोहन आचार्यले प्रदान गरेको स्काभेटरको प्रयोग गरि सडक निर्माण गरेपश्चात बृद्धिम र खाम्जीङ सडक जोडिएको हो ।

त्यसैले पनिछोटो समयमा सडक निर्माण भएपश्चातरिङरोडको रुपमाबिस्तार भएसँगै स्थानिय उत्साहितभएका छन् । पर्यटन विकास तथा कृषिउपज सँगै कममुल्यमा सामाग्री ढुवानीका लागि समेत सहजभएको स्थानियहरु बताउछन् । सडकको पहुचनपुग्दाबर्षौदेखि यस क्षेत्रकाबासिन्दाले बढी मुल्यतिरेर सामान ढुवानी गर्दै आएकोमाअब कम मुल्यमा सामाग्रीलान सक्ने भएका छन् । 

अकत्मास बिरामि तथा गर्भवति महिलाका लागिनिकै कठिनाई व्यहोर्दै आएका स्थानिय बासिन्दाले सडकको पहुचसँगै स्वास्थ्य सेवा छिटो पाउने भएका छन् । कृषि सडक निर्माण पश्चात रिङरोडको रुपमा सडक विस्तार भएसँगै कममुल्यमै सामान ढुवानी गर्न सहजभएको स्थानियबासिन्दाको भनाई छ । करोडौ रुपैयाँको आलु,चिराईतो, दुध, तरकारी लगायतका कृषिजन्यउपज बजार सम्म लान सहज भएको स्थानिय बासी बताउँदछन्।

समृद्ध रसुवा निर्माणका लागि निर्वाचनको समयमा दिएको आश्वासन सासंद मोहनआचार्यले पुरा गरेको गोसाईकुण्ड गाउँपालिका ३ का वडाध्यक्ष लाक्पातामाङले बताए ।

तामाङ सम्पदामार्गमा रहने यो पदमामार्ग निर्माणबाट पर्यटकिय क्षेत्र लाङटाङ जाने पदयात्रीहरुलाई समेत सुविधा पुगेको छ।
माननीय मोहनआचार्यबाट प्रदानगरिएको स्काभेटर प्रयोग गरि जिल्लाको ग्रामिण क्षेत्रमा कृषि सडक निर्माण गर्न सहयोग पुगेको स्थानिय दावानुर्पू तामाङले बताउनुभयो। 

स्काभेटर निशुल्क प्रयोग गर्न पाए पछि कम लागतमा लामो दुरीको सडक निर्माण गर्न सकिएको  उहाको भनाई छ । सासंद आचार्यको स्काभेटर प्रयोग गर्दा इन्धनको व्यबस्थामात्र गाउँपालिकाले गर्ने गरेको छ।  स्काभेटरको अन्य सबै खर्च सासंद आचार्यलेनै व्यहोर्दै आएका छन्।

निर्वाचनको क्रममा सासंद आचार्यले जिल्लाका सडक संजालले नछोएका वटाहरुमा सडक पुर्याउने प्रतिबध्दता व्यक्त गर्नु भरेका थिए। सो स्काभेटरको प्रयोगबाट जिल्लाको जिबजिबे, खड्कु, कालिकास्थान, गुम्बुडाडा, बृद्धिम सम्म करिब २५ किलोमिटर कृषि सडक निर्माण गरिसकिएको छ।

त्यस्तै बर्षातले बिग्रेका सडक सुचारुगर्नकालागि समेत स्काभेटरको प्रयोग गरिएको स्थानियको भनाई छ।
 रिङ रोडको रुपमा बिस्तार भएको सडक बाह्रै महिना संचालनमा ल्याउने हो भने अब कालोपत्रगर्न जरुरी रहेको छ । जसले गर्दा यो सडक बाह्रै महिना संचालनमाआउने बिश्वास लिन सकिन्छ ।



Post a Comment

0 Comments