Subscribe Us

इन्जिनियर्स एशोसियशनको प्रदेश–३ मा बराल समूहको उम्मेद्वारी



काठमाडौँ, २१ मंसीर । नेपाल इन्जिनियर्स एशोसियशनको ३२ औँ केन्द्रीय कार्यकारिणी समिति प्रदेश–३ मा इन्जिनियर सुबासचन्द्र बरालको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको छ ।

आगामी मंसीर २८ गते हुने निर्वाचनका लागि लामो समयदेखि इन्जिनीयरीङ पेशामा आवद्ध बरालको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेद्वारी घोषणा गरिएको हो ।

समितिको उपसभापतिमा ई. श्यामकिशोर सिंह, सचिवमा ई. बिक्रम खतिवडा, सहसचिव ई. कुशल पौडेल, कोषाध्यक्ष ई. विप्लब घिमिरेले उम्मेद्वारी दिँदै हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा ई. डा. कृष्णराज पाठक, ई. सन्तोष अर्याल, ई. विकास दाहाल, ई. निलकमल शाही, ई. रुपेश भट्ट, ई. सन्तोष पोखरेल, ई. मन्दिप दाहाल, ई. बोधराज दाहाल, ई. रामस्वरुप महासेठ, ई. दिपकबहादुर रावल र ई. हरिनारायण राय यादव हुनुहुन्छ ।

देशभरका करिब १८ हजार मतदाताले भाग लिने उक्त निर्वाचनमा केन्द्र तथा प्रदेशका लागि छुट्टाछुट्टै समिति चयन गर्नेछ ।

Post a Comment

0 Comments