Subscribe Us

अपांगहरुको जिविकोपार्जन को दायित्व राज्यले लिनुपर्छ : सांसद आचार्य


रसुवा, १८ मंसीर । नेपाली काँग्रेसका सासंद मोहन आचार्यले अपागंता भएका व्यक्तिलाई संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नु भएको छ।

२७ औँ अन्तर्राष्ट्रिय अपांग दिबस को अबसरमा रसुवा अपांग पुनःस्थापन केन्द्र को आयोजनामा रसुवा को गोसाइँकुण्ड गाँउ पालिकाको स्याफ्रुबेशी मा आयोजित कार्यक्रममा सासंद आचार्यले अपांगले पनि सपागं ले जस्तै आत्मबल राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

राज्यले अपांगहरुलाइ हरेक क्षेत्रमा आरक्षणको ब्यवस्था गर्नुपर्छ भन्दै उहाँले अपांगहरुको जिविकोपार्जन को दायित्व राज्यले लिनुपर्ने धारणा राख्नु भयो ।

उहाँले भन्नु भयो, हाम्रो जस्तो पिछडिएका देशमा सबै कुरा एकैचोटि सम्भब नहुन सक्छ तर राज्य ले अग्रसरता लिनुपर्छ । कार्यक्रममा उहाँले अपांग को हक हितको लागि आफु सदैब लागिरहने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो

Post a Comment

0 Comments