काठमाडौँ, ४ पुस । यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल०को विजेता टोलीले रु २५ लाख पाउने भएको छ ।

आयोजक इपिएल प्रालिले विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो ।

गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ । 

Post a Comment

 
Top