Subscribe Us

सांसद दवाडीद्धारा आमासमूहको भवन निर्माणका लागि एकलाख सहयोग


काठमाडौँ, २१ मङ्सिर । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले रु एकलाख आर्थिक सहयोग गर्नुभएको छ ।

सांसद दवाडीले गोरखाको अजिरकोट गाउँपालिका–५ आग्रीडाँडा मुच्चोक आमासमूहको भवन निर्माणका लागि आज काठमाडौँमा उक्त सहयोग गर्नुभएको हो ।

प्रदेश सभामा निर्वाचन भएपछि आफुले पाएको सेवा सुविधा गाउँको सेवामा खर्च गर्दै आउनुभएका उहाँले आमा समूहको भवन निर्माण समितिका सदस्य मखबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण गर्दै उहाँले गोरखाको विकासका लागि आफु सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि गोरखाको विकासका लागि आर्थिक सहयोग गर्दे आउनुभएको छ ।

Post a Comment

0 Comments