Subscribe Us

सिंहदरबारमा प्रधानमन्त्री ओलीको अचम्मको शैली, दुई गार्ड छुटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा देखाएको एउटा शैली अचम्मको थियो । अचम्ममात्र भएन, उनको शैलीसँग तालमेल नहुँदा उनका दुई सुरक्षा गार्ड सिंहदरबारमा नै छुटे । 

प्रधानमन्त्री कार्यालयमा दुईवटा बैठकमा सहभागी हुन ओली सिंहदरवार पुगेका थिए । पहिलो बैठक प्रदेशका मुख्यमन्त्री र दोस्रो प्रदेशका मन्त्रीलगायतसँग । पहिलो बैठक सकेर उनी जब तल ओर्लिए अनि देखियो अचम्मको ताल । 

स्रोतले भन्यो,‘प्रधानमन्त्रीलाई खोई के भयो कुन्नी । आधा घन्टाको कार्यक्रम भनेर छिर्नु भएको थियो, एक मिनेट पनि नबसी फुत्तै हिँड्नुभयो । दुईवटा गार्ड त यहिँ छुटेछन् ।’

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सकेर प्रधानमन्त्री प्रदेशका मन्त्रीलगायतसँग छलफलका लागि प्रधानमन्त्री कार्यालयको तल्लो हलमा झरेका थिए । तर, उनी त्यहाँ कतिबेर पनि बसेनन् । प्रदेश मन्त्रीहरू प्रधानमन्त्री केही नभनी सरासर निस्किएर गाडी चढेर हुइकिँदा ‘ट्वाँ’मात्र परेका थिए । 

गार्डहरू, ड्राइभर र सुरक्षाकर्मी पनि छक्कै पार्नेगरी प्रधानमन्त्री ओली सरासर गाडीमा बसे । योजना र समयको तालमेल नमिल्दा अन्य पनि छक्क परेको प्रत्यक्षदर्शीले बताए ।

Post a Comment

0 Comments