Subscribe Us

नेविसङ्घद्वारा वायु प्रदूषण घटाउन माग


काठमाडौँ, ६ पुस । नेपाल विद्यार्थी सङ्घले पछिल्लो समय काठमाडौँ उपत्यकामा भएको वायु प्रदूषण घटाउन माग गर्दै ¥याली निकालेको छ । नेविसङ्घको माक्स मुभमेन्ट अभियानअन्तर्गत बिहिबार भृकुटीमण्डपदेखि काठमाडौँ महानगरपालिकासम्म ¥याली निकालिएको हो ।

नेविसङ्घले पछिल्लो समय उपत्यकामा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा पाँचगुणा बढी प्रदूषित भएको भन्दै महानगरपालिकालाई ध्यानाकर्षण गरेको हो । नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठी संयोजकत्वको टोलीले महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी आयोजनाका कारण उपत्यकामा अत्यधिक वायु प्रदूषण भएको बताउँदै प्रदूषण न्यूनीकरण गर्न महानगरपालिका लागेको बताउनुभयो । “पहिलेको तुलनामा अहिले उपत्यकाको वायु प्रदूषणमा कमी आएको छ,”—उहाँले भन्नुभयो । उपप्रमुख खड्गीले छिट्टै काठमाडौँलाई माक्स नलगाई हिँड्ने वातावरण निर्माणमा आफू जुटिरहेको बताउनुभयो ।

नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको भाग ३ को उपधारा ३० मा स्वच्छ वातावरणको मौलिक हक ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माण गर्न महानगरपालिकाले विशेष पहल गर्नुपर्ने बताउनुभयो । हालसम्म उपत्यकाका ५० क्याम्पसमा माक्स मुभमेन्ट अभियान सञ्चालन गरिसकेको छ । 

Post a Comment

0 Comments