Subscribe Us

सरकार आर्थिक विकासको क्षेत्रमा काम गर्न सकेन : नेता धिताल


काठमाडौँ, २३ मंसीर ।  नेपाली कांग्रेसका नेता एवं विद्युतीय यातायात परिवहन संघका केन्द्रीय अध्यक्ष्य विष्णु धितालले सरकार सर्वहारा वर्गको उन्नतिमा लाग्नुपर्ने बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै उहाँले  सो कुरा बताउनुभएको हो ।

यातायात व्यवसायी स्वरोजगार समूहको पाचौँ स्थापना दिवसमा बोल्दै नेता धितालले आफ्नो सवारी साधन सफा टेम्पोको मालिक आफै हुन पाउने अवस्था अहिले सिर्जना भएको र त्यसबाट खाँडी मुलुकमा जानबाट धेरै नेपालीलाई रोकेको उल्लेख गर्नुभयो । यसैगरी यस्तो कामको लागि अहिलेको सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा थियो ।

उहाँले सफा टेम्पो प्रबद्र्धनमा सबै मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।  अहिले महिला टेम्पो चालक तथा व्यवसायीहरु मिलर सहकारी पनि चलाएको देख्दा आफूलाई खुसी लागेको बताउनुभयो ।
यस व्यवसायमा लागेर काठमाडौमा मात्र करिब सातसय महिलाले आफ्नो परिवार पालिराखेको जानकारी उहाँले दिनुभयो । 

Post a Comment

0 Comments