Subscribe Us

तोकिएको समयभन्दा एक वर्ष पहिला नै पूल निर्माण



सुनसरी, १३ पुस । निर्माण व्यवसायीहरुले ठेक्का संझौतामा तोकेको समयमा काम सम्पन्न नगरि अनावश्यक रुपमा योजना लम्वाउने गरेको आरोप लागि रहेको समयमा सुनसरीका दुइओटा पूल भने निर्धारित समयभन्दा एक वर्ष अघि नै निर्माण सम्पन्न भएका छन् ।

रसुवा कन्ट्रक्शन कम्पनीले ठेक्का लिएका सुनसरीको धरानबाट चतरा, गाइघाटहुँदै हेटौडा जोड्ने निर्माणाधिन वैकल्पिक सडकमा पर्ने ४३ ओटा पूल मध्ये सुनसरी खण्डका दुइओटा पूल निर्माण सम्पन्न गरेको हो ।

सुनसरी खण्डको सर्दु, पटनाली र ठकुरी खोलाका निर्माणाधिन ३ ओटा पूल मध्ये सर्दुखोलामा निर्माण भएको २ सय ५० मीटर र ठकुरी खोलाको २५ मीटर लम्वाइका पूलको मुख्य काम सकिएको र एक महिनापछि सन्चालनमा आउने रसुवा कन्ट्रक्सनका प्रतिनिधि आर्यन आचार्यले बताउनु भयो । पटनाली खोलाको ४५ मिटर लम्वाइको पूलको भने डिजाइन परिवर्तन भएकाले केही ढिला भएपनि फागुन महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उहाँले जानकारी दिनु भयो ।

सुनसरी खण्डमा निर्माण भइरेहका ३ ओटै पूल उक्त कम्पनीले ५५ करोड रुपैयाँमा ठेक्का लिएर २०७४ माघदेखी निर्माण गर्न थालेको हो ।

रसुवा कन्ट्रकसनले धरान—हेटौडा सडकखण्डमा निर्माण गरि रहेका ४३ पूलहरु कूल ३ अर्ब ७० करोडको लागतमा ठेक्का लिएको हो । निर्माणाधिन पूल मध्ये ३० ओटा पूल यसै महिनाभित्र निर्माण सम्पन्न भइसक्ने छन भने बाँकी पूल २०७६ असार मसान्तसम्म निर्माण गरिसक्ने कम्पनीको लक्ष्य छ । ४३ ओटा पूल निर्माणको लागि कम्पनीलाई सरकारले २०७६ साल पुस मसान्तसम्मको समय दिएको कम्पनीका प्रतिनिधि आचार्यले जानकारी दिनु भयो ।

Post a Comment

0 Comments