Subscribe Us

हिमालयन शेर्पा क्लब विजयी


काठमाडौँ, ३ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत सोमबारको खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोलअन्तरले हराएको हो । जितसँगै १४ अङ्क जोडेको हिमालयन शेर्पा अङ्क तालिकाको छैटौँ स्थानमा उक्लेको छ ।

हिमालयनको जितमा विश्वास श्रेष्ठ नायक बने । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा एनआरटी अहिलेसम्म जितविहीन छ । 

Post a Comment

0 Comments