Subscribe Us

सांसद दवाडीको समाजसेवा : एम्बुलेन्स किन्न आर्थिक सहयोग


गोरखा, १५ पुस । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा एम्बुलेन्स किन्न रु ५५ हजार ५५५ सहयोग गर्नुभएको छ ।

सांसद दवाडीले एम्बुलेन्स खरीद गर्न शनिबार सिनाचोक–७ मा रहेको सिर्जनशील ग्रामीण युवा क्लबलाई उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले विरामीबाट कसैले अकालमा ज्यान नगुमाउन भन्ने उदेश्यका साथ एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गर्नुभएको हो । यसअघि सांसद दवाडीले अजिरकोट गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गर्नुभएको थियो ।

सोही कार्यक्रममा सांसद दवाडीले गोहोरे आमा समूहलाई ४० थान कुर्सी समेत सहयोग गर्नुभएको छ । यसैगरी उहाँले शनिबारै सिरानचोकको खहरेमा रहेको झोलुङ्गे आमा समूहलाई रु ५० हजार सहयोग गर्नुभयो ।
विस २०७४ मा प्रदेश सभाको निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित हुनुभएका दवाडीले आफ्नो सांसद भएबापत पाउने सेवा सुविधा स्थानीय क्षेत्रको विकास निर्माण र समाजसेवामा लगाउँदै आउनुभएको छ ।

Post a Comment

0 Comments