Subscribe Us

गलत रुपमा मेरो नाम मुछियो, मानसीक पिडामा छु

श्रीमान सम्पादकज्यु
अपराध खबर डटकम, काठमाडौं
                                             
                                                    विषयः समाचारकोे खण्डन गरिदिनुहुन ।
उपरोक्त सम्वन्धमा अपराध खबर डटकम जस्तो लोकप्रिय अनलाइनले प्रकाशित गरेको एक समाचारमा मेरो नाम समेत मुछिएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । म दिपेन्द्र कार्की मकवानपुरको एक सामान्य गाँउ पालुङको एक साधारण परिवारको छोरो हुँ । जो अध्ययनको शिलशिलामा अष्ट्रेलीया आई श्रीमती र बच्चाको साथमा बसेर रोजगारी गर्दै परिवार पाल्दै, घर परिवार हेर्दै आइरहेको छु । 

सो अनलाइनमा केही दिन अघि ‘अष्ट्रेलियाबाट यसरी हुन्छ हुण्डीको कारोबार, प्रहरी मुकदर्शक’ शिर्षकमा प्रकाशित समाचारमा मेरो नाम अनावश्यक रुपमा जोडेर आएपछि म तथा मेरो श्रीमती र सिङ्गो परिवारमा मानसीक तनाव र हैरानी थपिएको छ । हुण्डी जस्तो गैरकानुनी धन्दामा म संलग्न भनेर उल्लेख गरिनु र नेपालमा सम्पर्क हुने गरेका व्यक्तिहरु भनेर जस जसको नाम उल्लेख भएको छ म तिनीहरुलाई समेत नचिन्ने स्पष्ट पार्दछु । 

म यहाँ एयरपोर्टमा १६ घण्टा डिउटी गरिरहेको  छु र अन्य काममा हिँड्न मलाई समय पनि छैन । मेरो मोवाइलबाट गएको सन्देश भनेर समाचारमा उल्लेखित जुन सामग्री छ, सो मैले जानिबुझीकन राखेको होइन र भुलवश पर्न गएको हो । यताका केही साथीहरुले ‘हामीले अफ्ठेरो परेका नेपालीहरुको घरमा रकम समेत पठाउने गछौं, तिम्रा कोही चिनेजानेको साथीहरु छन् भने पनि सम्पर्कमा आउन सक्छन्, त्यसैले पठाइदेउ’ भनेर अह्राएपछि मैले स्वच्छ मनसायका साथ सो गरिदिएको र अहिले मलाई प्रत्यक्ष जोडेर मेरो फोटो सहित समाचार आएपछि म झनै तनावमा परेको छु ।

पत्रकारिता क्षेत्रले संवेदनशील समाचारहरु प्रकाशन गर्दा आरोपित व्यक्ति र संस्थाको प्रतिक्रिया लिएर मात्र समाचार प्रकाशित गर्नुपर्नेमा त्यसो हुन नसकेकाले म अत्यन्त दुखी छु । तसर्थ मेरो पिडालाई वोध गरी उक्त अनलाइनामा प्रकाशित समाचार हटाइदिनु हुन र मेरो परिवारको भावनामा पुगेको ठेसलाई कम गर्ने सन्दर्भमा सहयोग गरिदिनुहुन सम्पादकज्युप्रति हार्दिक अनुरोध गर्दछु । 

दिपेन्द्र काकी, मकवानपुर–पालुङ
हालः अष्ट्रेलिया

Post a Comment

0 Comments