Subscribe Us

वन अधिकृत घुस रकमसहित पक्राउ


बेनी, ६ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर  घुस रकमसहित पक्राउ परेका छन् ।

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो ।

काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो । पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरिने उहाँले बताउनुभयो । 

Post a Comment

0 Comments