Subscribe Us

एआइजी कार्कीलाई दलाईका अनुयायीको आशिर्वाद


काठमाडौं, २५ मंसीर । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाइरहेको बेला नेपाल प्रहरीका एक एआईजी भने फ्रि तिब्बतको माग गर्दै आएका नेता दलाई लामाका विशेष प्रतिनिधि एवम् बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनलाई भेटेर आशिर्वाद लिएका छन् ।

काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा बस्दै आएका मास्टर ग्याल्सेनसँग गत बिहीबार एआईजी पुस्कर कार्कीले सहयोगीमार्फत भेटेर आशिर्वाद लिएको तस्बिर सार्वजनिक भएको छ ।

मास्टर ग्याल्सेनले आफ्नो फेसबुक पेजमा पनि उक्त तस्बिर राखेका छन् । पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका एआईजी कार्कीले सरकारको एक चीन नीतिलाई लत्याउँदै दलाई लामाका प्रतिनिधिसँग भेटघाट गर्नुलाई उनी सरकार विरोधी गतिविधीमा संलग्न रहेको देखिने उच्च प्रहरी अधिकारी बताउँछन् । केही दिन अघि कार्यकाल पूरा गरी चीन फर्कन लागेकी नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री थापाले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए ।

तर अहिले एआईजी कार्कीले सरकारको नीति विपरित यसरी तिब्बती आन्दोलनलाई मलजल पु¥याउनेसँग नै भेटघाट गर्न थालेपछि उनलाई गृह मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।
                          दलाई लामासँग बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेन । 


नेपालका उच्चपदस्थ व्यक्तिहरूसँग सहजै पहुँच र सम्बन्ध कायम गर्न सक्ने मास्टर ग्याल्सेन नेपालमा मात्र होइन, भारतसम्म पुगेर नेपाल र भारतका सरकार प्रमुखहरूसँग पनि परामर्श गर्न सक्ने खुबी रहेको तथ्यहरूले देखाउँछ । गत बर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा मास्टर ग्याल्सेनलाई दिल्लीस्थित नेपाली दुतावासले निम्तो नै नदिए पनि कार्यक्रममा ओलीको स्वागत गरेका थिए । जुन कुरालाई लिएर ग्याल्सेनको आलोचना भएको थियो । मास्टर ग्याल्सेनले विगत एक बर्षदेखि राजनीतिक भेटघाट र उच्च पदस्द व्यक्तिलाई भेटघाट गर्दै आएका छन् ।

युरोपियन युनियनसँग समेत नजिक रहेको मानिएका मास्टर ग्याल्सेनलाई भारतको धर्मशालामा रहेका तिब्बती नेता दलाई लामाले पछिल्लो समयमा चीन बिरोधी गातिविधी बढाउनका लागि बिशेष रूपमा खटाएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments