Subscribe Us

बिपी सङ्ग्रहालयमा किसुनजीको सालिक


काठमाडौँ, ८ पुस । विसं २०१७ पुस १ गतेको शाही कदमपछि सुन्दरीजल बन्दीगृहमा थुनिनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म छ जना नेताको सालिक अनावरण गरिएको छ । बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो । किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा आज सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गर्नुहुँदै पार्टीलाई पहिलेकै अवस्था पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

“बिपीलगायत नेतालाई १० वर्षभन्दा बढी समय थुनिएको स्थानमा आएर बोलेका कुरा कार्यान्वयन गर्छु, आन्तरिक समस्या समाधान गरी सबै नेतालाई सम्मानको वातावरण बनाउँछु”, उहाँले भन्नुभयो । महासमिति बैठकमा आउनुभएका नेताले जिल्ला फर्कंदा पार्टी एक भएको सन्देश लिएर जाने गरी एकता भएको सभापति देउवाले सुनाउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री आइबी गुरुङ, तारिणदत्त चटौत, पूर्व सांसद नवराज गुरुङ, पुरुषोत्तम बस्नेत र अर्जुन खड्का, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेल, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीलगायतका वक्ताले नेपाली राजनीतिमा सन्त नेता भट्टराईले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । 

Post a Comment

0 Comments