Subscribe Us

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ, २३ मङ्सिर । आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ नयाँबजार कालधारामा फोहर बोक्ने बा३ख ४३२० नंको आइचर गाडीको ठक्करबाट बा ५१ प ६८६७ नंको मोटरसाइकल चालक काठमाडौँ धोबिचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख पिताम्बरसिंह धामीले गाडीको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आज दिउँसो मृत्यु भएको जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वृत्तले जनाएको छ । 

Post a Comment

0 Comments