Subscribe Us

नयाँ भाडादरले इन्टरनेट सेवा महँगिदै, सेवा प्रदायक चिन्तित


काठमाडौँ, ५ पुस । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा दिने सेवा प्रदायकलाई नयाँ भाडा दरले समस्यामा पारेको छ, भने उपभोक्ता मारमा पर्ने भएका छन् ।

नयाँ भाडा दर कार्यान्वयन गरे इन्टरनेट सेवा महँगो पर्न जाने भन्दै इन्टरनेट सेवा प्रदायक संघ नेपाल इस्पानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इस्पानका अध्यक्ष भोजराज भट्टले जारी गरेको ध्यानाकर्षण पत्रमा संचार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधीकरणलाई बोधार्थ दिइएको छ ।

ध्यानाकर्षण पत्रमा इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा ओपीजीडब्लू फाइबर प्रयोग गरेर देशभर नेटवर्क विस्तार गरी सेवा दिइरहेको उल्लेख छ । तर, प्राधिकरणको नयाँ भाढा दररेट सम्बन्धी जानकारीले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भट्टले पत्रमा लेखेका छन् । उनका अनुसार त्यो दररेट लागू भएमा इन्टरनेट सेवाको मूल्य उल्लेखित रुपमा वृद्धि हुनेछ ।

पत्रमा गएको साउनबाट थप १३ प्रतिशत दूरसंचार सेवा शुल्क टिएससी लागू हुँदा उपभोक्ताले विरोध गरेपछि सञ्चार मन्त्रालयको पहलमा अरिरिक्त कर समायोजन भएको समेत उल्लेख गरिएको छ । तर, ५ गुणासम्म भाडा वृद्धि गरिएको कुरा अस्वभाविक हो, भनिएको छ ।

पत्रमै न्यायोचित भाडादर कायम गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्रधाधिकरण, इस्पान, केवल टिभी महासंघ समेतको समिति गठन गरीनु पर्ने माग गरिएको छ ।

Post a Comment

0 Comments