Subscribe Us

टप्स फुटसल प्रतियोगिताको उपाधी महर्षीलाई



काठमाडौँ, ५ पुस । तेस्रो टिम अफ प्रोगेसिप स्कुल (टप्स) फुटसल प्रतियोगिताको उपाधी महर्षी स्कुल सामाखुशीले हात पारेको छ ।

मङ्गलबारदेखि सुरु भएको उक्त प्रतियोगिताको बुधबारको फाइनल खेलमा स्वेत सदन स्कुल सामाखुशीलाई ४—१ को फराकिलो अन्तरले हराउँदै उपाधी हात पारेको हो ।

वालाजु क्षेत्रबाट उत्तर तर्फका १३ विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिताको विजेता टिमले शिल, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शिक्षण सिकाईका अतिरिक्त खेलकुद क्षेत्रको विकासका लागि टप्सले विस २०७३ देखि हरेक वर्ष फुटसल प्रतियोगिताको आयोजना गर्दै आएको टप्सका अध्यक्ष आरसी भट्टले जानकारी दिनुभयो ।

महर्षी विद्यालयका प्राचार्य निर्मल पौडेलले फुटसलमा प्रथम हुनुले विद्यार्थीको सफलतासँगै विद्यालयको समेत सफलता भएको बताउँदै आगामी दिनमा थप उत्कृष्ट खेल प्रदर्शन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताका विजयी खेलाडीलाई महर्षी विद्यालयका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले शुभकामना दिनुभएको थियो ।

Post a Comment

0 Comments