Subscribe Us

देउवाले कार्याकाल लम्ब्याउने आशंकासहित पौडेल पक्षको यस्तो दबाब


काठमाडौँ, २४ मंसीर ।  कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल १४ औँ महाधिवेशन प्रक्रिया सुरु गर्न नेतृत्वलाई दबाब दिएको छ ।

सभापति शेरबहादुर देउवाले विशेष परिस्थितीको कारण जनाएर थप एक बर्ष कार्याकाल लम्ब्याउन खोजेको आशंकासहित पौडेल पक्षले यस्तो दबाब दिएको हो ।

पुर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आईतबार बसेको पौडेल पक्षको बैठकले देउवाले थप एक बर्ष कार्यकाल लम्ब्याउन चाहेको निष्कर्ष निकालेको छ ।

पौडेलले शनिवार केन्द्रीय कार्यसमिति बैठकमा पनि महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

महासमिति बैठलगत्तै महाधिवेशनको प्रक्रिया शुरु गरिहाल्नुपर्छ केन्द्रीय सदस्य अजुर्नसिंह केसीले भने समयमै महाधिवेशन गर्नुपर्छ ।

समय भईन्जेल केही नगर्ने समय बितेपछि विशेष परिस्थिति देखाएर कार्याकाल बढाउन पाईन्न । आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

Post a Comment

0 Comments