Subscribe Us

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने पक्का



काठमाडाैं । रोहित पौडेलले भारतीय स्टार ब्याट्म्यान सचिन तेन्दुलकर र पाकिस्तानी पुर्व कप्तान शाहिद अफ्रिदीको रेकर्ड तोड्दै गर्दासन्दीप लामिछानेले विश्वका उत्कृष्ट लिगहरुमा आफ्नो प्रभुत्व जमाउँदै गर्दा उनीहरुकै देश नेपालले अन्ततः अन्तर्राष्ट्रियस्तरको नयाँ क्रिकेट रंगशाला पाउने भएको छ । लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १५ मा बनाउन लागिएको छ । 

कलाकारिता क्षेत्रबाट आफ्नो उत्कृष्ट पहिचान बनाएका सीताराम कट्टेल 'धुर्मुसर कुञ्जना घिमिरे 'सुन्तली'द्वयको धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको उक्त रंगशाला निर्माणको घोषणा आगामी बुधबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच गरिने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त निर्माण घोषणा कार्यक्रममा फाउन्डेशन र भरतपुर महानगरबीच सहमतिपत्रमा हस्ताक्षर हुनेसमेत कार्यक्रम रहेको छ ।

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गर्दै आइरहेको त्रिभुवन विश्वविद्यालयको २० विघा ६ कठ्ठा जग्गामा निर्माण गर्न लागिएको उक्त रंगशालाका लागि भरतपुर महानगरपालिका प्रमुख भूमिका खोलेको थियो । महानगरले रंगशालाका लागि जग्गा उपलब्ध गराउन यस अघि नै दुई विश्वविद्यालयसँग सम्झौता गरिसकेको थियो ।


भरतपुर महानगरको चौबीसकोटी चोकदेखि ९ किलोमिटर पश्चिमस्थित रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको दक्षिण पश्चिम भागमा निर्माण हुने रंगशालाको निर्माण हुने बताइएको छ । लामोसमयदेखि फाउन्डेशनले देशका विभिन्न स्थानमा रंगशाला निर्माणका लागि उपयुक्त जग्गाको खोजी गरिरहेको थियो । त्यसैअनुरुप भरतपुर महानगरपालिकाले उक्त जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि सारेपनि विश्वविद्यालयले जग्गा दिने नदिने विषयमा केही प्राविधिक कठीनाई देखा परेको थियो । तर, विश्वविद्यालयला महानगरले अन्य स्थानमा जग्गा दिने भएपछि सो समस्या समाधान भएको थियो । 

फाउन्डेशनले रंगशालाको निर्माण गर्ने घोषणा गरेसँगै देश र विदेशका नेपालीहरु उत्साहित भएका थिए । रकतिपय अवस्थामा विभिन्न स्थानहरुमा निर्माणका लागि आर्थिक सहयोग उठाउने काम सुरु भईसकेको थियो । तरत्यस समय फाउन्डेशनले उपयुक्त जग्गाको निर्णय अगावै कुनै आर्थिक सहयोग संकलन नगरिएको भन्दै विज्ञप्ति निकालेको थियो ।

उक्त रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरु पनि खेल्न मिल्ने गरी निर्माण गरिने र एकेडेमीको रुपमा विकास गरिने पनि फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए । कट्टेलका अनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइनेछ । रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने उनले बताए । राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए ।

रंगशाला निर्माणपछि सो क्षेत्रका बासिन्दाले भरतपुर नेपालकै उत्कृष्ट खेलकुद 'हब' बन्ने बताए । स्थानीय कृष्णप्रसाद पाण्डेयले अघिल्लो वर्षनै निर्माण सम्झाैता हुने सुनिए पनि नभएकोमा खिन्नता पोखे । उनले भने, 'महानगरले अघिल्लो वर्षनै जग्गा दिन सकेको भए यतिबेलासम्म धा काम भइसक्दो हो । धुर्मुस सुन्तलीले पक्कै पनि भनेको समयमै निर्माण सम्पन्न गरेर चितवनप्रति ठूलो गुन लगाउनेछन् ।' यस रंगशालाको निर्माणपछि पश्चिम चितवन सबैको उत्कृष्ट गन्तव्य हुनेमा पनि स्थानीय शावादी रहेका छन् ।


फाउण्डेशनको वेबसाइटमा पनि चालू परियोजनाका रूपमा लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम भनेर राखिएबाट उक्त परियोजनाला फाउण्डेशनले महत्वपूर्ण परियोजनाका रूपमा लिएको मान्न सकिन्छ ।कट्टेल नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रेएकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोकएकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ ।

Post a Comment

0 Comments