Subscribe Us

प्रहरीको कुटाइबाट दुई स्थानीय घाइते, कुटपिटमा संलग्न प्रहरीको रातारात सरूवा


बागलुङ बाग्लुङको गलकोटस्थित प्रहरी चेकपोष्टमा कार्यरत प्रहरीको कुटपिटबाट २ जना स्थानीय घाइते भएका छन् । कुटपिटबाट गलकोट नगरपालिका६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका हुन् । उनीहरूलाइ हटिया प्रहरी चौकीमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापाको कुटपिट गरेका हुन् । 

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट नगरपालिका३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ,” घाइते बस्नेतकी श्रीमतीले भनिन् । कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको र दोषी देखिए कारबाही गरिने प्रहरी निरीक्षक केशवसिंह थापाले बताए ।

Post a Comment

0 Comments