Subscribe Us

विवेकशील र साझा आ-आफ्नै बाटोमा


काठमाडौं । वैकल्पिक शक्तिका रुपका आशा गरिएको विवेकशील साझा फुटेको छ । यस फुटसँगै  विवेकशील र साझाबाट एकीकरण भएका यी दुइ पार्टी अन्ततः आ-आफ्नै बाटोमा लागेका छन् ।

पार्टीमा पूर्वसञ्चारकर्मी रविन्द्र मिश्र र संयोजक मध्येका उज्वल थापाको चर्को मतभेदपछि पार्टी फुटेको हो ।पार्टीको आगामी रणनीति र नेतृत्वको भूमिकालगायतका विषयमा मिश्र र थापाबीच मतभेद आएपछि पार्टी फुटेको हो । शुक्रबार नै थापा नेतृत्वका केन्द्रीय सदस्यहरुले विवेकशील नेपाली दल नामको राजनीतिक दल प्रस्ताव गरी निर्वाचन आयोगमा दर्ता दलका लागि निवेदन दर्ता गरिएको जनाएका छन् ।

प्रस्तावित नयाँ दलमा प्रदेश नं. ३ का दुई सांसद विराज भट्ट र रमेश पौडेल पनि समाहित भएका छन् ।
नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक उज्ज्वल थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, अंशु थापा, सुबुना भट्ट लगायतका रहेका छन् ।

त्यसअघि यी दुवै पार्टी विवेकशील र साझा दुई फरक फरक पार्टीबाट एकीकृत भई रविन्द्र मिश्र र उज्वल थापा दुवै संयोजक तोकी एकीकरण भएको थियो ।

Post a Comment

0 Comments