Subscribe Us

स्वाईन फ्लुका कारण भारतमा ४० को मृत्यु, माेदीका सल्लाहकारलाई पनि स्वाईन फ्लु

नेपालमा पनि सचेत रहन आग्रह
जयपुर । भारतको पश्चिमी क्षेत्रमा करिब १५ दिन यता फैलिएको स्वाईन फ्लुका कारण ४० भन्दा बढीको मृत्यु भएको छ । भारतीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजारभन्दा बढी विरामी परेका छन् । स्वाइन फ्लुबाट प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार समेत रहेका अमित शाह पनि बिरामी भएका छन् । उनलाई यसै साता अस्पताल भर्ना गरिएको थियो ।

भारतको राजधानी नयाँदिल्ली र राजस्थानमा देखिएको स्वाईन फ्लुका कारण नेपालमा पनि सचेत रहनुपर्ने भारतीय अधिकारीहरूले बताएका छन् । स्वाईन फ्लु कारण भारतमा मात्र एक वर्षमा एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए । अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान नै चलाएको छ ।


त्यसैगरी स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अपनाउनु पर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाई छ । 

मोदीका सल्लाहकार अमित शाह  (फाइल तस्वीर) 
अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, ती मध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,” राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ ।  राजस्थानको जोथपुर जिल्लामा सवै भन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीहरुले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् । 

Post a Comment

0 Comments