Subscribe Us

नेपाल प्रहरीमा बढुवा यसै साता

एक डिआईजी, १५ एसएसपी २६ एसपी र ६८ रिक्त डिएसपीमा बढुवा हुन तिव्र प्रतिस्पर्धा

काठमाडौं । तीन महिनादेखि रिक्त नेपाल प्रहरीको
१५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लाईन खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी नियमावली २०७१ को प्रहरी नियमावलीको नियम २८ (१) तत्कालका लागि लागु नहुने निर्णय गरे लग्गत्तै बढुवाको लाईन खुलेको हो ।

लोकसेवा आयोगले नियमावली संशोधनमा सपोर्ट नगरेपछि गृहमन्त्रायलको सिफारिसरमा मन्त्री परिषद्ले नियमावली नै निलम्बन गरेर बढुवाको लाईन खोलेको हो । प्रहरी नियमावली २०७१ को नियम २८ (१) अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति गर्न उम्मेदवारले एक श्रेणी मुनिको पदमा चार वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान  छ । सो नियमावलीअनुसार एसएसपी बढुवा गर्न फागुन १० पर्खन पर्छ ।

एसएसपीका प्रतिस्पर्धीहरू २०७१ साल फागुन १० गते प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट एसपीमा बढुवा भएका थिए । तीन महिनादेखि पद रिक्त रहँदा पनि नियमावलीका कारण बढुवा रोकिएको थियो ।

स्रोतका अनुसार यहि साता बढुवा सूची सिफारिस गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ । प्रधान कार्यालयले एसएसपीदेखि रिक्त हुँदै आउने डीएसपीसम्मको सिफारिसरको तयारी गरेको छ । नेपाल प्रहरीमा हाल एक डिआईजी सहित १४ एसएसपी, ११ एसपी र ३८ डिएसपीको दरबन्दी खाली छ । माथिबाट पदपूर्ती हुँदै आएमा एसएसपीमा १५, एसपीमा २६ र डिएसपीमा ६४ जना बढुवा हुनेछन् । रिक्त एक डिआईजी पदका लागि चार एसएसपी दौडमा लागेका छन् ।

एसएसपीहरू वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, पुरुषोत्तम कडेल र गणेश ऐर डिआईजी बढुवाको लविङमा छन् । यी चार मध्य बिरेन्द्र श्रेष्ठ सिनियर एसएसपी भएकाले सम्भावना बलियो छ । उता बहुबिवाह गरेरपनि मुद्दा नपरेका एसएसपी गणेश ऐर भने बढुवाको लागि हात धोएरै दौडिएका छन् । ललितपुरमा बस्दा अबैध ढुंगाखानी र क्रसरबाट असुलेको रकम उनले अहिले बढुवाको लागि बोकेर हिँडेको स्रोत बताउँछ । तर सिनियरलाई मिच्ने, पैसामा बिक्ने नीति प्रधान कार्यालय र गृह मन्त्रालयको नभएपछि यतिखेर एसएसपी ऐरको बिजोग हुने निश्चित भएको आंकल उनकै सहकर्मीहरू गर्छन् ।

उता रिक्त १५ एसएसपीका लागि ४५ एसपीहरू बढुवाको दौडमा छन् । पूर्व आईजी उपेन्द्रकान्त अर्यालको कोपाजनमा परेका एसपीहरू पनि यसपाली न्याय पाईने आसमा छन् । एसएसपीहरू श्यामलाल ज्ञवाली, संदीप भण्डारी, बसन्तबहादुर कुवँर, रामदत्त जोशी, टेकप्रसाद राई, नरेन्द्र उपे्रती, कुबेर कडायत, बिष्णु कुमार केसी, बिकासराज खनाल, भिमप्रसाद ढकाल, दिपक थापा, अशोक सिंह, गणेश रेग्मी, बुद्धिराज गुरुङ, राजेशनाथ बाँस्तोला लगायतअन्य एसपीहरू एसएसपी बढुवाको दौडमा छन् । रिक्त हुन आउने २६ एसपी पदका लागि ५५ को टोलीबाट बाँकी रहेका १९ डिएसपी र ५८ का ७ जनाबीच त्रिब्र प्रतिस्पर्धा हुने भएको छ ।

५८ मा नेपाल प्रहरीको प्रहरी निरक्षकमा भर्ना भएकाबाट ७ जना मात्र बढुवा हुने भएका छन् । जसमा ६० को हाराहारीमा रहेको उक्त व्याचमा तिब्र पतिस्पर्धा हुने देखिन्छ । उक्त व्याचको अग्रपंक्तिमा डिएसपी रमेश थापा, अजय केसी, ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, वीरबहादुर बुढामगर, कृष्णप्रसाद पंगेनीलगायत छन् ।

त्यस्तै प्रहरी निरिक्षकबाट डिएसपी बढुवामा ६५ जना प्रतिस्पर्धामा छन् । बढुवा टोली जोड्ने हो भने ७५ जना रहेको प्रधान कार्यालय बताउँछ । तर केही चाकडी चाप्लुसी गर्ने बढुवा टोलीका भ्रष्टका रुपमा कहलिएका पनि डिएसपी बन्न दौडधुपमा लागेका छन् । ६४ को फ्रेस टोलीलाई कटाएर भएपनी डिएसपी बन्ने दौडमा आईजी निवासमा कार्यरत ईन्सपेक्टर गोबिन्द कार्की लागेको स्रोत बताउँछ । जहाँ पोस्टिङ भए पनि बिबादमा आउने निरिक्षक कार्की एमाले नेता महेश बस्नेतको सिफारिसमा आईजी सचिवालय पुगेका हुन् । अहिले तिनै आईजीको चाकडी गरेर डिएसपी बढुवाको दैडमा लागेको उनी निकट स्रोत बताउँछ । तर ६४ का फ्रेसलाई बिगारेर कार्कीलाई बढुवा दिने सोचमा भने आईजी खनाल नभएको सचिवालयका एक अधिकारीले बताए ।

Post a Comment

0 Comments