Subscribe Us

स्वास्थ्य बिग्रेपछि डा. केसीलाइ लगियो अस्पताल



काठमाडौं । आफूसँग भएका सहमतिविपरिच संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल शिक्षा विधेयक बहुमतले पारित गरेपछि १६ औं अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य प्रतिकूल बन्न थालेको छ ।

यहि प्रतिकूलतालाई हेर्दै उनलाई अनशनस्थलबाट इलाम जिल्ला अस्पतालमा स्थानान्तरण गरिएको छ । चिसो ठाउँमा अनशन गरेको ६ दिन बढि बितेपछि उनको स्वास्थ्यमा प्रतिकूलता देखिनसक्ने डरले उनलाई अस्पतालमा सारिएको हो ।

उनले अस्पतालमा पनि अनशन जारी राखेका छन् । सरकारले गरेका सहमति अक्षरश पालना नगरेसम्म अब उधारो सहमति नगर्ने उनले अडान लिएका छन् । पटकपटकका सरकारसँग भएका सहमति अहिलेसम्म कार्यान्वयन नगरिएपछि डा. केसी निरन्तर अनशनमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा सरकार हुँदा ४, केपी शर्मा ओली सरकारमा ३, प्रचण्ड सरकारमा २, सुशिल कोइराला सरकारमा ३, खिलराज रेग्मी सरकारमा २ र डा. बाबुराम सरकारमा २ पटक उनले अनशन गर्दा विभिन्न सहमति भएका थिए ।

Post a Comment

0 Comments