Subscribe Us

डेढगाउँदेखि रानीमहलसम्म हेलिकोप्टरबाट अवलोकन

राम्दीदेखि केलादीधाम र केलादीधामदेखि पुट्टारघाटसम्म जलयात्रा

दोस्रो रामपुर महोत्सव २०७५


बेझाड । पाल्पाको रामपुरमा पुस २७ गतेदेखि दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना हुँदैछ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको तयारीको काम सबै अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । संघको भवन निर्माण, संस्थागत विकास, आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । 

मेलामा रामपुरलगायत कालीगण्डकी बेंसी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

माघ ८ सम्म चल्ने मेलामा राम्दीदेखि केलादीधाम र केलादीधामदेखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, कालीगण्डकीसँग जोडिएका रानीमहल, केलादीधाम, पुर्कोट, सत्यवती, गर्हाैंसुर, रम्भादेवी मन्दिर, रामघाट, सीताकुण्ड, झिरुवासको कबुलियती वन, नवलपुरको डेढगाउँमा रहेको अकलादेवीको मन्दिरलगायत आसपासका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाइडिङ् उडान मेलाका मुख्य आकर्षका रुपमा रहने पनि अध्यक्ष ढकालले बताए ।

Post a Comment

0 Comments