भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका९ पलासे स्थायी घर भई हाल काठमाडैं३२ जडीबुटी बस्ने ४२ वर्षीय मधु महत, मकवानपुर मनहरि गाउँपालिका५ घर भई काठमाडौँ थानकोट बस्ने १८ वर्षीय सुनिल आले मगर, काभ्रे बेथानचोक गाउँपालिका घर भई हाल ललितपुर जाउलाखेल बस्ने २० वर्षीय गोविन्द तामाङ, रामेछाप मन्थली नगरपालिका९ घर भई हाल लगनखेल बस्ने २३ वर्षीय तीर्थ लुङ्गेली मगर र काभ्रे रोशी गाउँपालिका८ बस्ने १९ वर्षीय सुरेश बोहरा रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए ।

चोरिएका टायर गाडीमा हालेर बिक्री गर्न लैजानका लागि प्रयोग गरिएको बा.२ख. ३७४७ नंको बससहित चोरिएका १३ थान टायरसमेत प्रहरीले नियन्त्रणमा लिएको श्रेष्ठले बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले गत २२ गते भक्तपुर नगरपालिका२ इँटापास्थित रोशन गाइजुको बडी बिल्डरको ग्यारेजमा बडी बनाउन राखेको नयाँ टायर हराएपछि आएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ परेको उल्लेख गर्दै उक्त गिरोहले अन्य टायर पनि चोरी गरेको खुल्न आएकाले थप अनुसन्धान जारी रहेको बताए ।

Post a Comment

 
Top