Subscribe Us

नेवि संघका नेता अध्यक्षको टिको थाप्न नेताको दैलो चहार्दै

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा सांसदहरू गोविन्द केसीको आमरण अनसनदेखि पार्टीका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा क्रमश तनहुँको दुलेगौंडा र बाँकेको खजुरामा स्थापना भएको अस्पताल खारेज गर्ने निर्णयका कारण तनावमा छन् ।आगामी दिनमा प्रमूख प्रतिपक्षीको रुपमा सत्तारुढ दलले बहुमतको अधारमा गरेका क्रियाकलापबाट नेताहरू त्रस्त भइरहेको बेला नेविसंघका केही नेताहरू भने आफूलाई टिका लगाई दिनु पर्यो भन्दै एक दर्जन नेताको ढोका र घर चहार्न व्यस्त छन् ।

कसैलाई केही धन्दा कसैलाई केही धन्दाघर बुहारीलाई खानकै धन्दा भनेझैं कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य र पूर्वपदाधिकारीहरू समेत आफूलाई सभापतिको रुपमा टिका लगाइ दिन भन्दै निधार थाप्दै हिँडेका छन् । यसरी टिका थाप्दै हिँड्नेहरू एक वा दुई जना होइनझण्डै एक दर्जन नै छन् । कोही यसलैलाई निरन्तरता दिनु पर्ने पक्षमा छन् भने कोही नयाँ कार्य समिति गठन गर्नु पर्ने भन्दै लविङ गर्दै हिँडेका छन् । नेवि संघका नेताको कुरा सुनेर सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मको टाउको दुखाई भएको छ ।

नेविसंघको थपिएको पाँच महिने पदावधी समेत माघ २ गते सकिएसँगै अध्यक्ष नैनसिंह महरलाई हटाएरै आफैं अध्यक्ष हुने दाउमा किसोरदेखि बयस्कसम्म लागिपरेका छन् । आफ्नो पक्षमा नेताले बोलुन् वा सिफारिस गरुन् भनेर उनीहरू न्वारानदेखिको बल लगाएर पार्टीका अलग र फरक गुटका नेताको ढोका चहार्नमा व्यस्त भएका छन् । महर नेतृत्वको नेविसंघको कार्य समितिमै रहेका र एउटै प्यानलबाट पदाधिकारीमा जितेकाहरू समेत यतिवेला महरलाई खुइल्याएर आफू अब्बल नेता बन्ने प्रयासमा छन् ।

नेविसंघ अध्यक्ष महरले महाधिवेशन गर्नेतर्फ प्रगति नगरेपछि पार्टी विकल्प रोज्ने गृहकार्यमा जुटेको छ । पार्टीले तदर्थ समिति गठन गर्ला र आफूले नै त्यस्तो समितिको नेतृत्व गर्न पाए महाधिवेशन गराएर देखाउने र आगामी चैत महिनामा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सफलता हासिल गर्न गराउन सक्ने दाबीका साथ पार्टी सभापति शेरबहादुर देउवा निकटका गुटदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका विद्यार्थी पनि दौडधुपमा लागेका छन् ।

शाही सभापति देउवा पत्नी डा. आरुजु राणाको विश्वासमा सभापतिको टिका लगाउन चाहन्छन् भने महामन्त्री सरोजकुमार थापा उपसभापति विमलेन्द्र निधिको संरक्षणमा नेविसंघको अध्यक्ष हुन चाहन्छन् । अर्का सहायक महामन्त्री प्रेमराज जोशी भने सहमहामन्त्री डा. प्रकाशशरण महतको सिफारिसमा नेवि संघको अध्यक्ष बन्न चाहन्छन् । कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँडको सिफारिसमा भने अर्का सहमामन्त्री प्रकाश घिमिरे संयोजक बन्न चाहन्छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ मंसिर २ गतेको बैठकको निर्णयबाट थप गरिएको २ महिनाको पदावधि माघ २ गते सम्म थियो । यसअघि पनि पार्टीले गत भदौ २ मा सकिएको नेविसंघको म्याद तीन महिना अर्थात् मंसिर २ गतेसम्म थपिएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ माघ १० गते बस्ने बैठकले निर्णय म्याद गुज्रिएको महर नेतृत्वको नेविसंघलाई के गर्ने भनेर निर्णय नगरेसम्म महरलाई नै नेविसंघको अध्यक्षको रुपमा काम गर्ने अधिकार प्रदान गरिएको पार्टीले जनाएको छ ।

महरलाई नेविसंघको अध्यक्ष मानेरै सँगै एउटै प्यानलबाट निर्वाचन लडेर चुनाव पनि जितेका उपसभापति पुष्पकुमार शाही
महामन्त्री सरोज थापा र सहायक महामन्त्री प्रेमराज जोशी यतिवेला महरको कट्टर विरोधी भएर निस्किएका छन् । शाही सभापति देउवा पत्नी डा. आरुजु राणाको विश्वासमा सभापतिको टिका लगाउन चाहन्छन् भने महामन्त्री सरोजकुमार थापा उपसभापति विमलेन्द्र निधिको संरक्षणमा नेविसंघको अध्यक्ष हुन चाहन्छन् । अर्का सहायक महामन्त्री प्रेमराज जोशी भने सहमहामन्त्री डा. प्रकाशशरण महतको सिफारिसमा नेवि संघको अध्यक्ष बन्न चाहन्छन् । कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँडको सिफारिसमा भने अर्का सहमामन्त्री प्रकाश घिमिरे संयोजक बन्न चाहन्छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू गत ११ औं महाधिवेशनमा महरसँग प्रतिष्पर्धामा उत्रिएका मनोजमणी आचार्य
महामन्त्रीमा प्रतिष्पर्धा गरेर कुन्दनराज काफ्ले र सरोज थापासँग पराजित भएका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई पनि अध्यक्षका दाबेदार भएर निस्किएका छन् । ११ औं महाधिवेशनमा महामन्त्रीसहित करिव ४० जना पदाधिकारी र केन्द्रीय सदस्यलाई जिताउन सफल कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरू भने टिके प्रथा भन्दा वर्तमान केन्द्रीय कार्य समितिलाई नै सहयोग गरेर महाधिवेशन गराउनु पर्ने पक्षमा उभिएको छ । उनीहरूले टिके प्रथालाई प्रश्रय दिनु भन्दा महाधिवेशन तर्फ लाग्नु नै उचित हुने भन्दै महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्य समितिबाट पछि हट्ने पक्षमा देखिएका छैनन् ।

देउवा पक्षधर आठ पदाधिकारी र वरिष्ठ नेता पौडेल पक्षधर २ पदाधिकारीसहित ४५ जनाले क्रमश देउवा र पौडेललाई राजिनामा बुझाएका छन् । उनीहरूले आ आफ्नो पदबाट दिएको राजिनामाको प्रक्रिया उचित र बैधानिक नभए पनि राजिनामाको घोषणा भने गरिसकेका छन् ।

कतिपय असन्तुष्ट नेताहरूले त माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमणसम्म हुने चेतावनी  दिएका छन् । दुई बर्ष साडे चार महिनासम्म महरलाई नेता मानेर एउटै समितिमा बसेका महामन्त्री सरोज थापा कार्यकालको उत्तरार्धमा आएर नेवि संघका अध्यक्ष नैनसिंह महरविरुद्ध खुलेर लागेका छन् । उनले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी समेत दिएर असहिष्णु राजनीतिको उदाहरण प्रस्तुत गरिदिएका छन् ।

बरिष्ठ नेता पौडेल निकट भनेर चिनिएका र थापासँग महामन्त्रीमा पराजित भएका दिपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२ औं महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् । उनले महाधिवेशनको विकल्प महाधिवेशन भन्न लगाउने तर आफ्नो गुट र स्वार्थलाई त्यागेर संगठनलाई बलियो पार्न नसक्ने नेतृत्व भएको आरोप लगाए । उनले थपिएको समयमा अध्यक्ष महरले डडेलधुरामा र महामन्त्री काफ्लेले दोलखामा जिल्ला अधिवेशन गर्न नसक्नुले असफल र लाचार नेता भएको आरोप लगाए ।

नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनैपनि काम नगर्न चेतावनी दिएका छन् । उनले थपिएको समयमा पनि महाधिवेशन गर्न नसक्नेले अब माघ १० गतेसम्म काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ भने चेतावनी पनि दिए । बैद्यले तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भएमा पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरूको जुलुस लगेर घेर्ने चेतावनी दिएका छन् । उनले बरिष्ठ नेता पौडेलका छोराले नै नेविंघको गुट चलाएको भन्दै बिरोध जनाएका थिए ।

Post a Comment

0 Comments