Subscribe Us

सुर्खेतबाट बहुमूल्य पत्थरसहित पाँच पक्राउ


सुर्खेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित  स्कारपियो गाडीबाट ५ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका१ बाङ्गेसिमल चेक प्वाइन्ट नजिकैबाट उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर४ सुर्खेतका ४० वर्षीय भीमबहादुर सुनार, वडा नं ५ का ३० वर्षीय नवीन कँडेल, वडा नं ८ का २८ वर्षीय सुरेन्द्र शाही तथा बराहताल गाउँपालिका८ सुर्खेतका २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वको गएको टोलीले कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नंको स्कारपियो गाडी जाँच गर्ने क्रममा ११ दशमलव ५०० किलोग्राम बहुमूल्य ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।  पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments