Subscribe Us

सालकको खपटासहित तामाङ पक्राउ


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा थानकोटका ३१ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुई थान सालकको खपटा झोलामा बोकेर हिँडिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको बताए । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको बोगटीले बताए ।

यसैबीच परिसरकै टोलीले यातायात व्यवस्था विभागअन्तर्गत भेइकल फिटनेश सेन्टरटेकुबाट एक विचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो गरीदिन्छु भनेर दुःख दिँदै आएका ओखलढुङ्गाका इन्द्र दाहाललाई शुक्रबार पक्राउ गरेको हो ।

Post a Comment

0 Comments