Subscribe Us

मनकारी सांसद : जसले विद्यालय र आमा समूहलाई एकलाख दिए


गोरखा, २४ पुस । नेपाली काँग्रेस गोरखा  क्षेत्र नं  २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले स्थानीय क्षेत्रको विकासका लागि  आर्थिक सहयोग गर्नुभएको छ ।

विसं २०७४ मा प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा निवाचित सांसद दवाडीले निर्वाचन क्षेत्रको विकासका लागि उक्त सहयोग गर्नुभएको हो । निर्वाचनमा विजय भएसँगै सांसद दवाडीले आफुले सांसद भएवापत पाउने सेवा सुविधा गाउँको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले आज आफ्नो निर्वाचन भ्रमण तथा भेटघाटको क्रममा सिरानचोक गाउँपालिका अन्तरर्गत रहेको छोप्राकमा मण्डली माध्यामिक विद्यालयलाई रु ५५ हजार ५५५  को अक्षयकोष स्थापनाका सहयोग प्रदान गर्नुभएको  छ ।

यसैगरी, आजै छोप्राकमा रहेको चाँदनी आमा समूहलाई रु ५० हजार सहयोग समेत गर्नुभएको छ ।   सांसद दवाडीले यसअघि पनि विभिन्न विद्यालय, आमा समूह र क्लबको विकासका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

Post a Comment

0 Comments