Subscribe Us

अख्तियारद्वारा पूर्वकार्यकारी खड्काविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा १८ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबर अकुत सम्पत्ति खड्काले जोडेको भन्दै मुद्दा दायर गरेको हो ।

खड्काको कूल सम्पत्ति २७ करोड ३० लाखको ७५ हजार सम्पत्ति मध्ये वैध आय जम्मा ८ करोड ६४ लाख ६९ हजार भएको अख्तियारले जनाएको छ । अन्य आफन्तको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेषसँग माग गरेको छ ।

उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछीका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३ वटा घर बनाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै उनीसँग जम्मा ५ वटा घर भएको पनि जनाइएको छ । खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका छन् ।

Post a Comment

0 Comments