Subscribe Us

योजना बनाएर प्रहरी परिचालन गरिए अपराधी अवश्य पक्राउ पर्छः एसपी तिमल्सिना


धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिना बहाल भएसँगै कैलालीमा तस्कर, गुण्डा र लागुऔषध सेवनकर्ता तथा कारोबारी त्राहीमान भएका छन् । अपराध गर्ने जतिसुकै पावरवाला भएपनि कुनै हालतमा नछोडने एसपी तिम्सिनाले चेतावनी दिएका छन् ।

भारतीय सीमाक्षेत्र कैलाली जिल्लाको बागडोर सम्हाल्न आएका तिमल्सिनाले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले कुनै पनि अपराध घटी सकेपछि त्यसका अपराधी पत्ता लगाउनका लागि प्रहरीले योजना बनाएर अघि बढ्नुपर्दछ । यदि प्रहरीले योजनामुताबिक अनुसन्धान गरेमा जस्तो सुकै अवस्थामा पनि अपराधी पक्राउ पर्ने बताए । उनले फौजदारी आचारसंहिता २०७५ अनुसार अपराधीसँगै अपराधीलाई लुकाउने, भगाउने वा जानी जानी आश्रय दिनेलाई समेत मुख्य अपराधीको आधा सजाय हुने व्यवस्था भएको बताए ।
(बाँकी उनीसँग लिइएको अन्तर्वार्ता)
https://www.facebook.com/sudurdaily/videos/435771773626838/

Post a Comment

0 Comments